एलजी रेफ्रिजेरेटरको बिक्रीमा ८ % बृद्धि, इन्भर्टर लाइनर कम्प्रेसर प्रविधिले बनायो ‘बेस्ट’

बिजमाण्डू
२०७४ बैशाख २१ गते १६:२१ | May 4, 2017

काठमाडौं। एलजी ईलेक्ट्रोनिक्सले यस वर्ष प्रिमियम रेफ्रिजेरेटरको बिक्रीमा ८ प्रतिशतले बृद्धि भएको जनाएको छ। एलजीले विश्वबजारमा ईन्भर्टर लाईनर कम्प्रेसर प्रविधिबाट बनेका एक करोड ५० लाख रेफ्रिजेरेटर बेचेको प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।
 

Tata
GBIME
Nepal Life

एलजीका अनुसार यो वर्ष मात्र उसले ४० लाख यूनिट प्रिमियम रेफ्रिजेरेटर बेचेको हो। यो संख्याका आधारमा विश्वबजारमा बजारमा प्रति मिनेट ७ यूनिट रेफ्रिजेरेटर बेचिएको कम्पनीले दावी समेत गरेको छ।
 
एलजीको प्रिमियम रेफ्रिजेरेटरमा ईन्भर्टर लाईनर कम्प्रेसर मूख्य पार्टपूर्जाको रुपमा रहेको छ। यसको कुलिङ प्रोसेसमा उर्जाको खपत थोरै हुनुका साथै र ध्वनिको लेभल पनि परम्परागत मोटरको तुलनामा धेरै कम हुने कम्पनीले जनाएको छ।
 
१६ वर्ष अघि ईन्भर्टर लाईनर कम्प्रेसरको विकास भए देखिनै एलजीले निरन्तर प्रविधि सुधारमा काम गरिरहेको थियो। एलजीले सन २०१४ मा मात्र पाँचौ पुस्ताको ईन्भर्टर लाईनर कम्प्रेसरको विकास गरेको थियो। जसमा पहिलो जेनेरेसनको तुलनामा ५५ प्रतिशत उर्जा खपत घटेको थियो भने १५ प्रतिशत ध्वनी पनि कम भएको थियो।
 
समान तापक्रम नियन्त्रण र थोरै ध्वनिका कारण विश्वमा यो 'बेस्ट रेफ्रिजेरेटर' नामबाट पनि चिनिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। एलजीले अघिल्लो वर्ष यूरोपेली बजारको लागि २० वर्षको वारेन्टी राखिएको 'सेन्टम सिस्टम' रेफ्रिजेरेटरको विकास गरी अवार्ड जितिसकेको छ। कम्पनीले युरोपको गुणस्तर मापन गर्ने संस्थाबाट 'भिडिई' गुणस्तर प्रमाण प्राप्त समेत गरिसकेको जनाएको छ।
 
एलजीका अध्यक्ष सोङ डे-ह्युनले भने 'हामी ईन्भर्टर लाईनर कम्प्रेसर जस्तै प्रविधिको विकास गर्न प्रतिवद्ध छौं, जसको एलजी रेफ्रिजेरेटरको विश्वव्यापी सफलतामा मूख्य भूमिका छ'। एलजीको प्राथामिकता नै रेफ्रिजेरेटर प्रयोग गर्दा थोरै ईनर्जी खपत गरि थोरै आवाज मात्र आउनेगरी निर्माण गर्ने भएको ह्युनले बताए।