ओप्पोको सेल्फी एक्सपर्ट एफ थ्री बजारमा, सेल्फी पुस्ता लक्षित सेट साढे ३५ हजार रुपैयाँमा पाइने

बिजमाण्डू
२०७४ बैशाख २४ गते ११:५६ | May 7, 2017
ओप्पोको सेल्फी एक्सपर्ट एफ थ्री बजारमा,  सेल्फी पुस्ता लक्षित सेट साढे ३५ हजार रुपैयाँमा पाइने


काठमाडौं। सेल्फी क्यामेराबाट चर्चित स्मार्टफोन ब्राण्ड ओप्पोले ग्रुप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउँदै नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ। एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो फोन भएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ। एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ। कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ गतेदेखि फोन उपलब्ध भएको छ। यसको उपभोक्ता मूल्य ३५ हजार ५ सय रुपैयाँ तय गरिएको कम्पनीले जनाएको छ।

'ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय भएको भन्दै ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले प्राविधिक रुपमा उत्कृष्ट तथा गुणस्तरिय उत्पादन भएका कारण फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव संगाल्न सक्षम रहेको बताए।

ओप्पोको आफ्नै कलर अपरेटिङ सिस्टम ३.० राखिएको छ जुन एन्ड्रोइडको ६.० भर्सनलाई समेटर बनाइएको छ। कम्पनीले सेल्फी फ्लासका कारण नै यो मोवाइललको बजार धेरै भएको बताएको छ। त्यस्तै १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर, चार जिवी र्याम, ६४ जिवीको रोम र एसडी कार्डका मार्फत १२८ जिवीसम्म विस्तार गर्न सकिने जनाइएको छ। त्यस्तै फोनमा ३२०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ भने यो फोनले फोरजी सपोर्ट गर्छ।
 
 'एउटा सेल्फी, अर्को ग्रुप सेल्फीका लागि’
‘एउटा सेल्फी, अर्को ग्रुप सेल्फीका लागि', भन्ने नाराका साथ कम्पनीले एफथ्रीमा रहेको डबल भ्यू ग्रुप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दुई गुणाबढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ।

फोनमा रहेको सिक्स पी लेन्सले न्यूनतम इमेज डिस्टोर्सनका साथ उच्च श्रेणीका ब्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँने कम्पनीले जनाएको छ। यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् ।

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ।

यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा ग्रुप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ।

यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् ।

डबल भ्यू ग्रुप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनमा दूई गुणा बढी फिल्ड अफ भ्यू उपलब्ध गराउँछ।

ओप्पो एफथ्रीमा १/३ ईञ्च सेन्सर र पिडिएएफ प्रविधि सहितको १३ मेगा पिक्सेल क्षमता भएको रियर क्यामेरापनि उपलब्ध छ ।

मोवाइलमा मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएकाले हातमा बोक्न सहजता हुने कम्पनीले जनाएको छ।

फोनको डिजाइनमा चिल्लो र आकर्षक मेटल ब्याक प्यानल प्रयोग भएका कारण धुलो प्रतिरोधी रहेको कम्पनीले जनाएको छ।

एफथ्री स्मार्टफोनलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ।