पोखरामा हिमालयन आर्ट क्याम्प सुरु, नेपालसहित एसिया प्यासिफिक क्षेत्रका १५ जना कलाकार सहभागी

बिजमाण्डू
२०७४ बैशाख २२ गते १४:१८ | May 5, 2017
काठमाडौं । हिमालय आर्ट क्याम्पले पोखरामा बृहत कला प्रदर्शनी गर्ने भएको छ। ई आर्ट्स नेपालले बुधबार सुरु भएको 'हिमालयल आर्ट क्याम्प' ३० बैशाखसम्म चल्नेछ। 
 
पोखरामा पहिलोपटक आयोजना गरिएको प्रदर्शनी अन्नपूर्ण हिमालय श्रीङ्खलाको काखमा सम्मन्न हुँदैछ। आर्ट क्याम्पमा नेपालका आठ र विदेशी १२ जना कलाकारले आफ्नो कला देखाउने आयोजक संस्थाकी अध्यक्ष सुसन श्रेष्ठले बताइन। 

Tata
GBIME
Nepal Life


 

क्याम्पमा नेपालबाट दुर्गा बराल, जीवन राजोपाध्याय, एरिन ताम्राकार, प्रमिला बज्राचार्य, भाइराज महर्जन, विनोद प्रधान, आशा डङ्गोल र सूर्य बराइलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
 
त्यस्तै विदेशीमा नाङ वी र नाङ हिओ मलेसिया, टिटुर्वी र हाडी सोसेन्टो इन्डोनेसिया, तित्कोर्न चिन्यो र वाट्टान्चोट टङगेटेजा थाइल्याण्ड, ट्रिन टुन र कङ किम होई भियतनाम, इन्जा यीन चीन एवं र म्याट टुन अङ्ग म्यानमारबाट सहभागि हुँदैछन्।
 
आर्ट क्याम्पलाई चर्चित कवि तीर्थ श्रेष्ठले पोखराको पर्यटन बोर्डको सभाहलमा शुक्रबार उद्घाटन गर्दैछन्। कार्यक्रममा बिपी कोइराला फाउन्डेसनले कला साहित्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ। पोखरा आर्ट ग्यालरीको महेन्द्रपुलमा बुधबार चर्चित कार्टुनिष्ट दुर्गा बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


 

आयोजकले एसिया प्यासिफिक क्षेत्रको कलालाई नेपालमा ल्याएर प्रवद्धन गर्न क्याम्पले सहयोगी भूमिका खेल्ने र नेपालको कलालाई विदेशमा प्रवद्धन गर्न पनि सहयोग हुने विश्वास व्यक्त गरेको छ।
 
क्याम्पको मुख्य आयोजनकमा फूलबारी लिमिटेड र अफिसियल पार्टनरमा अग्नी ग्रुप र आइएमई लिमिटेड रहेका छन्।
 
ई आर्ट्सले  सन् २०१० देखि नेपाली कला तथा संकृतिलाई संसारभर नै प्रवद्धन गर्दै आएको छ।