‘गल्फ सिरिज् २०१७’ को उत्कृष्ट सुरुवात, तीनवटा इभेन्टका प्रतिस्पर्धीबाट बिजेता चुनिने

बिजमाण्डू
२०७४ बैशाख २५ गते १६:४७ | May 8, 2017

काठमाडौं। राजधानीमा गल्फ सिरिज् २०१७ गल्फिङ इभेन्टको पहिलो एडिशन सुरु भएको छ। राजधानीको गोकर्ण फरेष्ट रिसर्टमा जारी इभेन्टको तीन सिरिजमा प्रतिश्पर्धा हुने बताइएको छ।  प्रतियोगितामा देशका  उदयीमान गल्फरहरुबीच  प्रतिस्पर्धा भएको हो ।

३ वटा सिरिजमध्ये पहिलो सिरिजका खेलहरु सम्पन्न भएको छ भने  बाँकी दुई सिरिज अगष्ट र अक्टोबरमा हुनेछ ।

Tata
GBIME
Nepal Life

आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरका गल्फरहरुलाई  इभेन्टमा समावेश गरिएको बताइएको छ। 

यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फरम्याटमा खेलिने आयोजक गोर्खा ब्रुअरीले जनाएको छ।

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडीहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीहरुले अंक प्राप्त गर्नेछन् ।

तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई  गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिने बताइएको छ।

यसै गरी प्रत्येक अडिसनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई समेत पुरस्कार दिइने छ ।गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले प्रतियोगितामा उदयमान गल्फरहरुले प्रतिभा देखाउने अवसर पाउने बताए।