सप्तरीबाट काठमाडौं, वकालतबाट राजनीति, कस्ता छन् निरुपमा यादवका उप-मेयर सपना?

बिजमाण्डू
२०७४ बैशाख २७ गते १०:१२ | May 10, 2017
सप्तरीबाट काठमाडौं, वकालतबाट राजनीति, कस्ता छन् निरुपमा यादवका उप-मेयर सपना?
‘हाम्रा र राम्रा उम्मेद्वारलार्इ रोजौं’ माइक मुखमै जोडेर निरुपमा यादवका कार्यकर्ता ‘लाउड साउन्ड’मा बोलिरहेकै बेला हामीले काठमाडौं महानगरको उप-मेयर दावेदार निरुपमा यादवलार्इ ठमेलमा भेटायौँ। 
 
साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरमा उप-मेयर पदकी उम्मेद्वार निरुपमा यादव कार्यकर्तासहित ठमेलमा घरदैलो कार्यक्रम गर्दै भोट मागिरहेकी थिइन्। उनी स्थनीय निर्वाचनमा उम्मेद्वारी दिएसँगै एकछिन पनि आनन्दले बसेकी छैनन्। 
 
निरुपमा कहिले कर्यकर्ता भेटघाट त कहिले चुनावी कार्यक्रम। कहिले घरदैलो दौडेको दौड्यै छिन्। उनी भन्छिन्, ‘चुनावको तयारीका लागि धेरै मेहनत गरिरहेकी छु।’ 


 
चुनाव नजिकिँदै गर्दा उनी अहिले घर दैलोमा हिँडिरहेकी छिन्। उनले उप-मेयर पदमा निर्वाचित भएपछि काठमाडौं महानगरलार्इ सफा र सुरक्षित बनाउने सपना बोकेकी छन्। 
 
चुनाव जित्नेमा पक्का हुनुहुन्छ त?
 
भन्छिन्, ‘हन्ड्रेड पर्सेन्ट’
 
उनका अनुसार साझा पार्टी  नयाँ एजेन्डा र नयाँ सोचमा आमजनता माझ पार्टीको रुपमा उदाएको छ। यो पार्टीले काठमाडौंलार्इ सम्पूर्ण जाति, वर्ग, लिङ्ग, समुदाय, अपाङ्गता तथा ज्येष्ठ नागरिक अनुकूल सबैको महानगर बनाउने उद्देश्य लिएको छ। त्यसैकारण उनी र उनको साझा पार्टीलार्इ मतदातादाले मन पराउने निरुपमाको अनुमान छ।  
 
निरुपमा एक कानुन व्यवसायी। तर, उनले नेपालको राजनीतिलार्इ विगत लामो समयदेखि नियालिरहेकी छिन्। उनलार्इ कुनै नयाँ सोच र राजनीतिक शक्तिले परिर्वतन गर्छ जस्तो लाग्छ। त्यसैले उनी राजनीतिमा होमिएको बताउँछिन्।

निरुपमा नयाँ पार्टीमा आबद्ध भएर नयाँ ठाउँबाट चुनाव लडिरहेकी छिन्। तर, उनलार्इ आफू हार्छु भन्ने शङ्का छैन। उनले काठमाडौंमा मतदाताका समस्याहरु बटुल्दै घरदैलोमा हिडिँरहेको बताइन्। जनताको प्रतिक्रया पनि राम्रो पाएकी छिन्। 
 
निरुपमाले नेपालका विभिन्न ठाउँ घुमेर नेपालीको मर्म र कर्म बुझेकी छन्। नेपालगञ्जदेखि सप्तरीसम्मलार्इ आफ्नो गृह जिल्ला मान्न रुचाउने उनी सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्न काठमाडौं महानगरमा उठेको बताउँछिन्। 
 
उनी भन्छिन्, ‘नेपाल विविधाताको देश हो। यहाँ जातिमा विविधता छ, भाषामा विविधता छ,  क्षेत्र र धर्ममा पनि विविधता छ। हामी विभिन्न जाति र धर्मका मान्छे भन्दा पहिले नेपाली हौं।’ त्यसैले उनको मुख्य सपना भनेको सबै नेपाली एकजुट भएर देश विकासमा लागेको हेर्ने हो। 


 
निरुपमाले चुनावी प्रचारप्रसारमा सात लाख भन्दा धेरै खर्च नगर्ने बताउँछिन्। उनले आफैं पनि कानुन व्यवसायी भएकाले निर्वाचन आचारसंहितामा विशेष ध्यान दिएको बताइन्। 
 
को हुन त निरुपमा ?
पन्ध्र वर्षदेखि उनी अधिवक्ताका रुपमा काम गरिरहेकी छिन्। बृहत शान्ति साम्झौता उच्चस्तरीय अनुगमन समितिको एक सदस्य रहेकी उनी सामाजिक समावेशिता विज्ञ पनि हुन्।  


 
मानव अधिकारकर्मी रहेकी उनले विभिन्न संघ संस्थामा कानुनी परामर्शदाताको रुपमा काम गरेकी छिन्। सप्तरीमा जन्मिएकी उनी बाँकेमा हुर्किएकी हुन्। मोरङमा उनको बिवाह भएको हो। काठमाडौंलार्इ उनी कर्मथलो मान्छिन्। 
 
३८ वर्षीया निरुपमाको बिवाह सत्र बर्षको उमेरमै भएको थियो। उनी सार्वजनिक यातायात चढ्ने वर्गको नागरिकका रुपमा आफूलाई चिनाउँछिन्। 

निरुपमाका पाँच काठमाडौं सपना-
 
  • काठमाडौं  ऐतिहासिकः विविध सांस्कृतिक सम्पदा नेवाःवास्तुकता र मल्लकालिन शहरको धरोहर 
 
  • काठमाडौं  सुरक्षितः सामाजिक सुरक्षा, भय मुक्त संरचना र बालबालिका तथा महिला अनुकुल
 
  • काठमाडौं साझा र सबैकोः सम्पूर्ण जाति, वर्ग, लिङ्ग, सामुदाय, अपाङ्गता, जेष्ठ तथा नागरिक अनुकुल
 
  • काठमाडौं सफाः   सुविधा सम्पन्न, प्रदुषणमुक्त, खुल्ला र हरियालीसहितको
 
  • काठमाडौ अवसरयुक्तः युवा सृजनशीलता, उद्यमशीलता र रोजगारी हितको
 

Tata
GBIME
Nepal Life