ओप्पोको आर-९एस सर्वाधिक बिक्री हुने एण्ड्रोइड स्मार्टफोन बन्यो, ८९ लाख वटा फोन बिक्री

बिजमाण्डू
२०७४ बैशाख २८ गते २०:५५ | May 11, 2017
ओप्पोको आर-९एस सर्वाधिक बिक्री हुने एण्ड्रोइड स्मार्टफोन बन्यो,  ८९ लाख वटा फोन बिक्री


काठमाडौं। सन् २०१७को पहिलो त्रैमासमा ओप्पोको आर नाइन एससर्वाधिक बिक्री हुने एण्ड्रोइड स्मार्टफोन बनेको छ।
 

Tata
GBIME
Nepal Life

रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदनका आधारमा सबैभन्दा बढी बिक्री हुने फोनमा आर नाइन एस बनेको हो।प्रतिवेदनका अनुसार यो अवधिमा ८९ लाख वटा ओप्पोको यो फोन बिक्री भएको छ।रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन बिक्रीका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो ।

प्रतिवेदन अनुसार १ करोड ७४ लाख प्रति विक्रिका साथ दोस्रो स्थानमा आइफोनकै सेवेन प्लस रहेको थियो । सोही त्रैमासमा ओप्पोको आर नाइन एस तेस्रो स्थानमा रहेको थियो । चौथो स्थानमा सामसुङका मिड रेञ्ज फोनहरु ग्यालेक्सी जेथ्री ६१ लाख प्रतिका बिक्री भएको थियो भने ग्यालेक्सी जे फाइभ ५० लाख प्रतिका साथ पाँचौँ स्थानमा रहेको थियो ।
 

स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनियाँ बजारमा निकै लोकप्रिय छ । भारतीय बजारमा समेत ओप्पोको बढ्दो विक्रिले मिड रेञ्ज ओप्पो आर नाइन एस बिक्रीमा उल्लेख्य बृद्धि भएको कम्पनीको दाबी छ।सन् २०१७को पहिलो त्रैमासमा विश्व बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ । पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।