निम्बसको प्रोवायोटेकमा मकै भण्डारण गरिएको भकारी भत्कियो, क्षति प्राविधिक अध्ययनपछि आउने

बिजमाण्डू
२०७४ जेठ ३ गते ०९:३९ | May 17, 2017
निम्बसको प्रोवायोटेकमा मकै भण्डारण गरिएको भकारी भत्कियो, क्षति प्राविधिक अध्ययनपछि आउने


वीरगञ्ज।निम्बस समूहको प्रोवायोटेकमा मकै भण्डारण गर्ने भकारीभित्र हावा भरिएर भत्किएको छ।

Tata
GBIME
Nepal Life

पाँच हजार टन मकै भण्डारण भएको भकारी भत्किएको उद्योगका प्रशासन प्रमुख प्रकाश बैठाले बताए। भकारी भत्किदा ना३ख ३७७९ नम्बरको ट्रकका चालक वारा हरपुरका कपाजुल हक अन्सारी र पर्सा मनियारीका प्रभु राम घाइते भएका छन्।उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

 
घटनापछि प्राविधिक टोली र प्रहरीले मुचुल्का उठाएको छ।भकारी भत्किएर भएको क्षतिका अहिलेनै भन्न नसकिने उनले बताए।‘प्राविधिक टोलीको प्रतिवेदन नआएसम्म क्षति भन्न सकिदैन’उनले भने।