रेमिट्यान्स र निर्यातले पनि थेग्न सकेन आयात, ५ खर्ब रेमिट्यान्स भित्रियो, आयात ७ खर्ब २६ अर्ब पुग

बिजमाण्डू
२०७४ जेठ ३ गते १०:०० | May 17, 2017
रेमिट्यान्स र निर्यातले पनि थेग्न सकेन आयात, ५ खर्ब रेमिट्यान्स भित्रियो, आयात ७ खर्ब २६ अर्ब पुग
काडमाडौं। साउनदेखि चैतसम्म नेपालमा ७ खर्ब २६ अर्ब ४१ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ। अघिल्लो बर्षको तुलनामा यो ३९.७ प्रतिशतको बृद्धि हो। 
 

Tata
GBIME
Nepal Life

कुल आयातमध्ये सबैभन्दा बढि भारतबाट ५१.२ प्रतिशत सामान नेपाल भित्रिएको छ। चीनबाट १२.६ प्रतिशत र अन्य मुलुकबाट २८.९ प्रतिशत बस्तु तथा सेवा नेपाल भित्रिएको छ।

 
खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधान तथा त्यसको पार्टपुर्जा, एमएस बिलेट, मेशिनरी तथा पर्टपुर्जालगायतका सामान अत्याधिक आयात भएका छन्। अघिल्ला बर्षहरुको तुलनामा रासायनिक मल, औषधि, स्टील तथा फलामे तार, कच्चा रेशमको आयात भने घटेको छ।
 
सवा सात खर्बको आयात भइसक्दा नेपालले भने जम्मा ५५ अर्ब २२ करोडको सामान विदेशमा बेचेको छ। नेपालले जुस, पिना, रोजिन, चाउचाउलगायतका बस्तु धेरै बेचेको छ। अघिल्ला बर्षहरुको तुलनामा यस पट क अलैंची, पोलिस्टर धागो, तयारी पोशाक र उनी गलैंचाको विदेशमा बिक्री घटेको छ।
 
निर्यातभन्दा आयात धेरै उच्च हुँदा समग्र ब्यापार घाटा ४२.६ प्रतिशतलेब ढेर ६ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको छ। 
 
विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्स नौ महिनाभित्र ५ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यो ६.३ प्रतिशतको बृद्धि हो। अघिल्लो बर्ष बृद्धि दर १३ प्रतिशत थियो।