नेपालमा टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा, टेलिकमले ल्यायो आकर्षक योजना

बिजमाण्डू
२०७४ जेठ ३ गते १०:०५ | May 17, 2017
नेपालमा टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा, टेलिकमले ल्यायो आकर्षक योजना
काठमाडौं।नेपाल टेलिकमले नेपालीलार्इ टेलिफोन सेवा पुर्याएको सय वर्ष पूरा गरेको अवसरमा सहुलियत प्याकेज घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

विश्व दूरसंचार तथा सूचना समाज दिवस पारेर टेलिकमले जिएसएम र सिडिएमए मोबाइल सेवामा सहुलियत प्याकेजको घोषणा गरेको हो।यो प्याकेज साउन २८ गतेसम्म लागु हुने टेलिकमले जनायो।टेलिकमले फोरजी डाटा प्याकेज जिएसएम मोबाइल सेवा र अलटाइम डाटा प्याकेज र नाइट प्याकेज सिडिएमए सेवाका ग्राहकलार्इ उपलब्ध गराएको छ।

फोरजी डाटा प्याकेज अन्तर्गत पचास रुपैयाँमा सात दिनसम्म उपयोग गर्न पाउने दुर्इ सय एमबी डाटा टेलिकमले दिएको छ।एक सय रुपैयाँमा चौध दिनसम्म उपयोग गर्न पाउने पाँच सय एमबी डाटा, दुर्इ सय रुपैयाँमा २८ दिनसम्म उपयोग गर्न पाउने १२ सय एमबी डाटा,तीन सय रुपैयाँमा २८ दिनसम्म उपयोग गर्न पाउने २ हजार एमबी डाटा र पाँच सय रुपैयाँमा २८ दिनसम्म उपयोग गर्न पाउने २ हजार ६ सय एमबी डाटा टेलिकमले दिएको छ।

यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५मा सन्देश पठाउनुपर्ने टेलिकमले जनाएको छ।उदाहरणका लागि पाँच सय एमबी डाटा सेवा लिनका लागि 4G500MB टाइप गरी १४१५मा एसएमएस पठाउनुपर्नेछ।

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक २५ रुपैयाँ र ५० रुपैयाँ पनि थप गरिएको टेलिकमले जनाएको छ।कम्पनीका अनुसार डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँ सात दिनसम्म चौबिसै घण्टा उपयोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ।कम्पनीका अनुसार पचास रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपयोग गर्न पाउने

१ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी चार सय एमबी डाटा, दुर्इ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपयोग गर्न पाउने ८ सय ५० एमबी डाटा र तीन सय रुपैयाँमा एक महिनासम्म चौबिसै घण्टा उपयोग गर्न पाउने गरी एक हजार पाँच सय एमबी डाटा दिने कम्पनीले जनायो।

यो सेवा लिनका लागि समेत ग्राहकले १४१५मा एसएमएस पठाउनुपर्नेछ।नाइट डाटा प्याकेज अन्तर्गत दुर्इ सय रुपैयाँमा ३ जीबी डाटा र तीन सय रुपैयाँ ६.५ जीबी डाटा राती १० बजेदेखि विहान ६ बजेसम्म एक महिना उपयोग गर्न पाइने कम्पनीले जनाएको छ।

फेसबुक र इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपयोग गर्न पाउने गरी १ सय १० एमबी डाटा टेलिकमले दिएको छ।पचास रुपैयाँमा १४ दिनसम्म उपयोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा,एक सय रुपैयाँमा २८ दिनसम्म उपयोग गर्न पाउने गरी पाँच सय एमबी डाटा र दुर्इ सय रुपैयाँमा २८ दिन उपयोग गर्न पाइने एक हजार १ सय एमबी डाटा दिने कम्पनीले जनायो।