अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, आयल निगमको नाफा पनि २० करोड माथि पुग्यो

बिजमाण्डू
२०७४ जेठ ३ गते १२:५७ | May 17, 2017
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, आयल निगमको नाफा पनि २० करोड माथि पुग्यो
काठमाडौं।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमको नाफा बढेको छ।

Tata
GBIME
Nepal Life

इण्डियन आयल कर्पोरेशन(आइओसी)ले मे १५मा पठाएको नयाँ मूल्य अनुसार निगमको नाफा बढेको हो।निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार निगमको नाफा २० करोड भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ।
 

'आइओसीले पठाएको मूल्य अनुसार हिसाब हुँदैछ। निगमको नाफा २० करोड माथि हुने देखिएको छ' उनले बिजमाण्डूसँग भने, मे १मा पठाएको मूल्य अनुसार निगमको नाफा ७ करोड ३४ लाख रुपैयाँ मात्रै हुने प्रक्षेपण थियो।'

प्रत्येक महिना सबै पेट्रोलियम पदार्थको र १५ दिनमा पेट्रोल र डिजलको मात्रै मूल्य आइओसीले पठाउँछ।नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ७ रुपैयाँ र डिजलमा २ रुपैयाँ नाफा छ।यसअघि पेट्रोल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा र ८९ पैसा मात्रै नाफा थियो।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ५१ डलर ६५ सेन्टमा झरेको छ।