एक करोडको गाडी चढ्दैछन् काठमाडौं महानगरका मेयर, नयाँ जनप्रतिनिधीको स्वागत तयारी तिब्र

बिजमाण्डू
२०७४ जेठ ४ गते १४:३५ | May 18, 2017
काठमाडौं । चुनावी मतगणनामा ब्यस्तताका वावजुद काठमाडौं महानगरपालिकालार्इ अब चुनिने मेयर र उपमेयरको लागि कार्यकक्ष तयारी गर्न भ्याइ नभ्याइ छ। 
 
महानगरपालिका कार्यालय मेयर र उपमेयरकालागि कार्यकक्ष, फर्निचरहरु तथा चढ्ने गाडीको ब्यबस्था गर्नमा जुटेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन्। 
 
नयाँ मेयर र उपमेयरकालागि आवश्यक तयारी गरिरहेको महानगरपालिकाले गाडी खरिद गर्ने विषयमा अन्तिम निर्णय गरिसकेको समेत प्रवक्ता कार्कीले बताए। नयाँ चुनिने मेयरकालागि एक करोड रुपैयाँको गाडी ल्याउने  महानगरपालिकाले तयारी गरिरहेको छ। यस्तै उपमेयरकालागि ७० लाखको गाडी किन्ने निर्णय भएको छ। एक हप्ताभित्रै टेण्डर प्रक्रियामा जाने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 
 
उनले एक महिनाको टेण्डर प्रक्रियामा जानुपर्ने भएपनि अत्यावश्यक भएकाले सर्ट नोटिसमै टेण्डर दिन लागेको बताए। 
 
ढिलोमा एक महिना सम्ममा गाडीहरु ल्याइसक्ने गरी टेण्डर दिने योजना महानगरले बनाएको छ।  नयाँ गाडी नआउन्जेल मेयरकालागि हाल कार्यकारी प्रमुखले चढिरहेको ८० लाख रुपैयाँको निशान गाडी नै उपलब्ध गराइने समेत उनले बताए। यस्तै उपमेयरले प्रशासन प्रमुख एवम् प्रवक्ता कार्कीले नै चढिरहेको ४६ लाख बराबरको टो
योटा गाडी चढ्ने बताइएको छ।
 
नयाँ गाडी कुन ब्राण्डको हुने भन्नेबारेमा भने तय भैसकेको छैन। कुन कम्पनीले टेण्डर पाउँछ त्यहि कम्पनीको गाडी मेयर र उपमेयरले चढ्ने समेत कार्कीले जानकारी दिए।
 
मेयर र उपमेयरलार्इ भाडाकै कार्यालयमा स्वागत गरिने 
अहिले महानगरपालिका बसेको भाडाको कार्यालयलार्इ नै व्यवस्थित गरेर मेयर उपमेयरकालागि कार्यकक्ष तयार गर्ने कार्यकारी प्रमुख इश्वरराज पौडेलले बताएका छन्।
 

Tata
GBIME
Nepal Life
महानगरपालिकाको आफ्नै कार्यालय नभएकाले भाडाकै कार्यलयमा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको कार्यकारी प्रमुख पौडेलले बताए।
अहिले कार्यकारी प्रमुख रहेको कार्यकक्षमा मेयर तथा प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की रहेको कार्यकक्षमा उपमेयरलार्इ राख्ने तयारी भइरहेको समेत उनले बताए।
 
भुकम्पका कारण काठमाडौं महानगरपालिकाको बागदरबारमा रहेको आफ्नो भवन भत्किएपछि नजिकैको जेडिए कम्प्लेक्समा महानगरपालिकाको कार्यालय बसिरहेको छ। महानगरले यसकालागि मासिक कार्यालय भाडा ७ लाख रुपैयाँ बुझाउने गरेको प्रवक्ता कार्कीले जानकारी दिए। 
 
कार्यकारी प्रमुख र प्रशासन प्रमुख दुबैले तत्कालका लागि गाडी र कोठा दुबै छाड्न तयार भएको बताएका छन्। कामपाले मेयर उपमेयरका लागि नयाँ भवन बनाउने भएको छ।
 
अहिले भाडाका रहेको कार्यालयमा कर्मचारी नै व्यवस्थित गर्न गाह्रो भएकाले नयाँ भवन बनाउने तयारी भएको प्रवक्ता कार्कीले बताए। पुरानो भत्किएको कार्यालय नजिकै महानगरको खाली जमिन छ। त्यहिँ 'प्रि-फ्याब' विल्डिङ बनाउन प्रक्रिया अघि बढाइएको कामपाले जनाएको छ। २ देखि ३ महिनाभित्रमा भवन तयार गर्नुपर्ने  गरि टेण्डर आव्हान गरिएको हो।
 
एक करोडको बराबरको फर्निचर खरिद गरिने 
कामपाले जनप्रतिनिधीका रुपमा आउने मेयर र उपमेयरका लागि १ करोड रुपैयाँको फर्निचर समेत खरिद गर्दैछ। यसको लागि एक हप्ताभित्रै खरिद गरिसक्ने गरि प्रक्रिया अघि बढाएको  प्रवक्ता कार्कीले बताए।
 
सरकारी नियम अनुसार नयाँ मेयर र उपमेयरका लागि १ करोड रुपैयाँको फर्निचर खरिद गर्न पाइने ब्यबस्था छ।  महानगरले तत्कालका लागि अत्यावश्यक सामाग्रीहरु मात्र खरिद गर्न लागेको बताएको छ। 
 
मेयर र उपमेयर जनप्रतिनिधि मात्र नभएर स्थानीय सरकार पनि हुन्। उनीहरु स्थानीय सरकार भएकाले आवश्यक नियम बनाएर आवश्यक सामाग्री आफैंले खरिद गर्ने समेत महानगरपालिकाले जनाएको छ।  
 
वडा कार्यालयहरुलार्इ समेत आवश्यक सामाग्री टेण्डर प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको कार्यकारी प्रमुख पौडेलले बताए। उनले कार्यालयहरु समेत सरसफाइ गर्न आवश्यक निर्देशन दिएको बताएका छन्।