च्छो रोल्पा हिमताल नजिकै पुग्यो नेपाल टेलिकमको सेवा, पहिलो पटक मोबाइल सेवा संचालनमा आयो

बिजमाण्डू
२०७४ जेठ ४ गते १७:२२ | May 18, 2017
च्छो रोल्पा  हिमताल नजिकै पुग्यो नेपाल टेलिकमको सेवा, पहिलो पटक मोबाइल सेवा संचालनमा आयो
काठमाडौं। नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस  स्थापना गरी जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत पर्छ । यो स्थान बहुचर्चित च्छो रोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको बस्ती छ । पर्यटकीय आकर्षणको केन्द्र भएता पनि यो क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।  
 

   यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिब ८४ घरधुरीका करिव पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीको दाबी छ । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको कम्पनीले जनायो।