सञ्चय कोषको बचतकर्तालाई तामाकोशीपछि सान्जेनको उपहार, ८७ लाख ६० हजार कित्ता सेयर

बिजमाण्डू
२०७४ जेठ ५ गते ०९:४८ | May 19, 2017
काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले ऋणदाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी,  कर्मचारी सञ्चय कोषकमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि सेयर निस्कासन गर्ने भएको छ।


 
कम्पनीहरुले उनीहरुका लागि मात्र ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने भएको हो। सेय रनिस्कासनका लागि नागरिक लगानी कोषले सह–निस्कासन कम्पनीसँग सम्झौता गरेको हो। 
 
सेयर बिक्री गर्न नागरिक लगानी कोषसँग एनसिएम मर्चेन्ट बैकिङ, सिभिल क्यापिटल मार्केट, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता भएको हो। 
 
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सह निस्कासन कम्पनीको तर्फबाट एनसिएमका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठ, सिभिलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्ट, प्रभुका महाप्रबन्धक शंकरप्रसाद कालिकोटा, एनएमबीका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ग्लोवल आईएमईका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME
Nepal Life