अमलेखगञ्ज-रक्सौंल पेट्रोलियम पाइपलाइन निर्माण गर्दा २५ हजार रुख काट्नुपर्ने, एक वर्ष ढिला हुने

बिजमाण्डू
२०७४ जेठ ७ गते १५:३० | May 21, 2017
अमलेखगञ्ज-रक्सौंल पेट्रोलियम पाइपलाइन निर्माण गर्दा २५ हजार रुख काट्नुपर्ने, एक वर्ष ढिला हुने


काठमाडौं।बहुप्रतिक्षित अमलेखगञ्ज-रक्सौंल पेट्रोलियम पाइपलाइन निर्माण अझै एक वर्षपछि धकेलिएको छ।

Tata
GBIME
Nepal Life


दुर्इ महिनाअघि माटो परीक्षणका लागि माटो निकाल्दै आइओसीका कर्मचारी

वन मन्त्रालयले वन क्षेत्रभित्र पाइपलाइन निर्माण गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण(इआइए) गर्नुपर्ने भएपछि निर्माण एक वर्षपछि धकेलिएको हो।'हामीले पाइपलाइन निर्माणलार्इ फाष्ट ट्रयाकमा अघि बढाउन चाहेका छौं।तर केही प्रकियागत जटिलताले काम अघि बढ्न सकेको छैन'आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टरार्इले बिजमाण्डूसँग भने,पाइपलाइन निर्माण हुने वन क्षेत्रमा इआइए गर्नुपर्ने प्रावधानका कारण केही ढिला हुने देखिएको छ।हामी सकेसम्म ६ महिनाभित्र निर्माण सुरु गर्ने हिसाबले काम अघि बढाउँदैछौं।

इआइएको प्रकिया पूरा गर्न कम्तीमा ६ महिनादेखि एक वर्ष लाग्छ।पाइपलाइन निर्माण हुने क्षेत्रका २५ हजार रुख काट्नुपर्ने देखिएको छ।पाइपलाइन निर्माणको सम्भाब्यता अध्ययनमा २५ हजार वटा रुख काट्नुपर्ने देखिएपछि वन मन्त्रालयले इआइएको लागि निगमलार्इ निर्देशन दिएको हो।

रक्सौंलदेखि अमलेखगञ्जसम्म सडक नजिकैबाट पाइपलाइन निर्माण हुनेछ।सडकले विस्तारका लागि यसअघिनै इआइए भएपनि त्यसलार्इ वन मन्त्रालयले मान्यता नदिएकोले पुन पूरानै प्रकियामा जानुपर्ने भएको हो।

निगम सबै प्रकिया पूरा गरेपछि मात्रै पाइपलाइन निर्माण अघि बढाउने पक्षमा छ।निगमका अनुसार पाइपलाइनका लागि आवश्यक पाइप निर्माणका लागि ६ महिना लाग्छ।यो आधारमा पनि एक वर्षअघि पाइपलाइन निर्माण सुरुवात हुने देखिदैन।यो वाहेकपनि पाइपलाइन निर्माण हुने स्थानमा चार हजार घर छन्।

ती घरलार्इ मुआब्जा लगायतका समस्या संबोधन गर्नुपर्ने जटिलता पनि छ।पाइपलाइन निर्माण हुने क्षेत्रकै चार सय विजुलीका पोल समेत स्थानान्तरण गर्नुपर्ने निगमले जनायो।इण्डियन आयल कर्पोरेशन(आइओसी)ले यो पेट्रोलियम पाइपलाइनको निर्माण गर्दैछ।नेपालले सबै प्रकिया पूरा गरेपछि आइओसीले पाइपलाइन निर्माणको काम अघि बढाउँछ।अहिले आइओसीले 

 
निर्माणका लागि प्रारम्भिक चरणमा गरिने माटो परीक्षणको काम गरिसकेको छ।मधेशका जनताको 'सेन्टिमेन्ट' लिएर पाइपलाइन निर्माण सहज रुपमा अघि बढाउन यो परियोजनाको नाम रामजानकी पाइपलाइन राखिएको छ।अमलेखगञ्ज—रक्सौंल ४१ किलोमिटर पाइपलाइन निर्माण हुनेछ।परियोजना निर्माणका लागि सरकारले ३३.६ हेक्टर जमिन निगमलाई उपलब्ध गराउनुपर्छ।
 
नेपाल र भारतबीच भएको सम्झौतामा भारु दुई अर्ब ७५ करोड लाग्ने अनुमान गरिएको छ।  सम्झौतानुसार भारु दुई अर्ब भारतले र बाँकी भारु ७५ करोड नेपालले व्यहोर्नुपर्नेछ। निर्माण सुरु भएको तीस महिनामा परियोजना सम्पन्न गरिने सम्झौतामा उल्लेख छ। 
परियोजना अन्तर्गत अत्याधुनिक प्रयोगशाला, ठूलो भण्डारण क्षमताको ट्यांकी र स्वाचालित इन्धन 'लोडिङ' प्रणालीको जडान हुनेछ।
 
परियोजना पूरा भएपछि निगमलाई बिनारोकटोक  पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ। निगमका अनुसार परियोजनापछि नेपाल भित्र्याउन ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन २९ लाख २० हजार खर्च कटौती हुनेछ। त्यसैगरी निगमको ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ।