चुनावपछि किन सुस्त भयो शेयर बजार? नयाँ बीमामा बजारबाटै पैसा गयो, चुनावी खर्च पनि शेयरबाट

बिजमाण्डू
२०७४ जेठ ८ गते १०:२७ | May 22, 2017
चुनावपछि किन सुस्त भयो शेयर बजार? नयाँ बीमामा बजारबाटै पैसा गयो, चुनावी खर्च पनि शेयरबाट
काठमाडौं। स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएसँग शेयर बजार सूचक र कारोबार दुबै खस्किन थालेको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै दोस्रो चरणको चुनाव पनि सुचिश्चित भएर बजार अझै बढ्ने लगानीकर्ताको अपेक्षा विपरित शेयर बजार ओरालो लाग्न थालेको छ।
 
बजार सुस्त किन भइरहेको छ? लगानीकर्ता र ब्रोकरहरुको यसमा आआफ्नै तर्क छ।

१० जीवन र ४ निर्जीवन बीमा कम्पनीका संस्थापक सेयरधनीहरुमध्ये अधिकांस सेयर बजारसँग जोडिएकाहरु छन्। बीमा समितिले बैंकबाट ऋण लिएर नयाँ बीमा कम्पनीमा लगानी गर्न नपाइने नीति लिएको छ। त्यसमाथि बैंकबाट महँगो ब्याज तिर्छुभन्दा पनि सजिलै ऋण पाइने अवस्था छैन। त्यही भएर लगानीकर्ताहरुले बजारबाट पैसा उठाइरहेका छन्। भएको सेयर बिक्री गरेर बीमा कम्पनीमा लगाउँदा सुचक ओरालो लागेको एक 'कर्पोरेट' लगानीकर्ताले बताए। 

 
चुनावपछि बैंकलाई पनि शेयर ब्रोकर लाइसेन्स दिने बिषय पुन उठान भएको छ। नयाँ स्टक एक्सचेञ्जका लागि आवश्यक अध्ययन भएको समाचार पनि सार्वजनिक भएको छ। 
 
बैंकलाई ब्रोकर लाइसेन्स र नयाँ एक्सचेञ्जले के असर गर्छ? यसको फाइदा र वेफाइदका बारेमा सर्वसाधारण लगानीकर्ताले राम्रोसँग केलाइ नसक्दा बजार सुस्त भएको एकथरीको विश्लेषण छ।
 
त्योभन्दा महत्वपूर्ण जेठ १५ मा आउने बजेटमा कुनै पनि नयाँ कार्यक्रम हुँदैन। कार्यक्रमबीनाको बजेटले लगानीकर्तालाई निरास बनाएको छ। पहिलो चरणको चुनाव सुनिश्चितासँगै बढेको बजार चुनाव सकिएपछि घट्नुको मूख्य कारण कार्यक्रमबीनाको बजेट देख्छन् शेयर ब्रोकर संघका उपाध्यक्ष भरत रानाभाट।
 
बजारसँगै कारोबार रकम पनि घटेको छ। यसमा लगानीकर्ताहरुको आफ्नै तर्क छ। उनीहरुका अनुसार नयाँ १४ वटा बीमा कम्पनीको लाइसेन्स खुलेका कारण त्यसको असर कारोबार रकममा देखिएको हो।
 
१० जीवन र ४ निर्जीवन बीमा कम्पनीका संस्थापक शेयरधनीहरुमध्ये अधिकांश शेयर बजारसँग जोडिएकाहरु छन्। बीमा समितिले बैंकबाट ऋण लिएर नयाँ बीमा कम्पनीमा लगानी गर्न नपाइने नीति लिएको छ। त्यसमाथि बैंकबाट महँगो ब्याज तिर्छुभन्दा पनि सजिलै ऋण पाइने अवस्था छैन।
 
त्यही भएर लगानीकर्ताहरुले बजारबाट पैसा उठाइरहेका छन्। भएको शेयर बिक्री गरेर बीमा कम्पनीमा लगाउँदा सूचक ओरालो लागेको एक 'कर्पोरेट' लगानीकर्ताले बताए। 
 
'तत्काल पैसा चाहिएकाले घटेकै मूल्यमा शेयर बेचेर बीमामा लगानी गर्नुपर्ने वाध्यता भयो' उनले भने, 'मूल्य घटेपछि बाँकी लगानीकर्ता हडबडाएर शेयर होल्ड गर्नतिर लागे।' यसले गर्दा कारोबार रकम पनि घट्यो र सूचक पनि खस्कियो।
 
बजार खस्किनुको अर्को कारण चुनाव हो। लगानीकर्ताहरु चुनावी माहौलतिर लाग्दा कारोबार  घट्यो, यसको मनोवैज्ञानिक असर बाँकी लगानीकर्तामा पर्यो, जो चुनावमा प्रत्यक्ष संलग्न छैनन्। 
 
कतिपय अवस्थामा चुनावी खर्चका लागि सेयर बजारबाटै पैसा बाहिरिएको समेत छ। एक ब्रोकरका अनुसार, चुनावमा अस्वभाविक ऋण लागेको भन्दै एक नियमित लगानीकर्ताले शेयर बेचेर बाहिरिए। चुनावका लागि प्रत्यक्ष/अप्रत्यक्ष अरुले पनि शेयर बेचेको हुनसक्ने ती ब्रोकरको अनुमान छ।

Tata
GBIME
Nepal Life