मैलुङ खोला जलविद्युतले निकाल्यो प्रभावित क्षेत्रबासीको लागी शेयर, १८५० कित्तासम्म आवेदन

बिजमाण्डू
२०७४ जेठ ८ गते १२:०५ | May 22, 2017
काठमाण्डौं । मैलुङ खोला जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीको लागी शेयर निष्कासन गरेको छ। कम्पनीले १०० रुपैयाँ दरका तीन लाख ६८ हजार १४४ कित्ता शेयर प्रभावित क्षेत्रका सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
 
आयोजनाबाट अति प्रभावित रसुवाको तात्कालिन हाकु, डाँडागाउँ र राम्चे गाविसबासी र जिल्लाको बाँकी भेगका बासिन्दालाई आधा आधा शेयर दिने कम्पनीले जनाएको छ। जस अनुसार दुबै समूहले एक लाख ८४ हजार ७२ कित्ताको दरले शेयर पाउनेछन्। 
 
कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाबाट असार २०७१ व्यवसायीक उत्पादन सुरु भएको थियो। बैशाख २०७२ को महाभूकम्पका कारण आयोजनामा क्षति पुगेपछि फेरि उत्पादन रोकियो। त्यसपछि गत भदौ देखि पुनः उत्पादन सुरु भएको हो।
 
आर्थिक बर्ष २०७०/७१ र २०७१/२०७२ मा नाफा कमाएको कम्पनी भूकम्पको क्षति पश्चात घाटामा गएको छ। आगामी आर्थिक बर्ष २०७४/०७५ देखि नाफा कमाउने कम्पनीको प्रक्षेपण छ। कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ। जसमा प्रवर्धकहरुको ७० प्रतिशत हिस्सा रहेको छ। २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई दिन लागिएको हो। प्रभावितको शेयर बाँडफाँड पछि आम लगानीकर्तालाई शेयर जारी गर्ने कम्पनीको तयारी छ।
 
निस्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० देखि अधिकतम १८४० कित्तासम्म आवेदन दिन पाउनेछन्। 
 
मध्ये संस्थापनको तर्फ २५ करोड ७७ लाख रुपैयाँ चुक्ता भैसकेको छ भने सर्बसाधरणको लागी ७ करोड ३६ लाख २८ हजार रुपैयाँ छुट्टाएको छ। रसुवा स्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत कम्पनीको कार्यालय डाँडागाउँमा शेयर आवेदन दिन पाइने जनाइएको छ। 
 

Tata
GBIME
Nepal Life