अँध्यारोमा शेयर किनबेच गर्दैछन् लगानीकर्ता, बजार खुलेदेखिनै नेप्सेको वेबसाइटमा समस्या

बिजमाण्डू
२०७४ जेठ ८ गते १२:२९ | May 22, 2017
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आउँदा आम लगानीकर्ताले आजको कारोवारबारे सिधा जानकारी लिन पाएका छैनन्। कारोबार खुल्ने समय देखिनै नेप्सेका दुबै वेवसाटमा समस्या देखिएको हो।
 
अनलाइनमा कारोबारको गतिविधी सम्बन्धि सुचना नपाउँदा लगानीकर्तालाई शेयर खिरद बिक्रीको निर्णय लिन समेत समस्या भएको छ। बेवसाइट नचले पनि नेप्सेको कारोबार सफ्टवेयर भने चालु छ।
 
सिंहदरबार भित्र रहेको राष्ट्रिय सुचना प्रबिधि केन्द्रको सिस्टममा समस्या आउदा नेप्सेको वेबसाइट नखुलेको प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए। नेप्सेको सर्भर त्यहीँ रहेको कारण वेबसाइटमा समस्या आएको उनले बताए। राष्ट्रिय सूचना केन्द्रमा सर्भर रहेका सबै सरकारी कार्यालयको साइट अहिले डाउन भएको छ।
 

Tata
GBIME
Nepal Life