एनबी बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद भर्ने भोली अन्तिम दिन, कुन दिनसम्म कायमले पाउँछन्?

बिजमाण्डू
२०७४ जेठ ९ गते ०९:४४ | May 23, 2017
काठमाडौं। नेपाल बङ्गलादेश (एनबी) बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद भोली १० गतेसम्म मात्र भर्न पाइने छ। 
 
बंगलादेश बैंकको २०७३ चैत १६ गतेसम्म कायम भएका शेयरधनीले हकप्रद भर्न पाउने छन्। बैंकले १० कित्ता बराबर ८ कित्ता दरले हकप्रद दिएको छ। बैंकले १०० रुपैयाँका दरका ३२ लाख ९ हजार ४ सय ६ कित्ता शेयर हकप्रद वितरण गरेको हो। 
 
यसैगरी सिद्धार्थ डेभलपमेन्ट बैकको २०७३ फाल्गुन ७ गते सम्म कायम भएका शेयर धनीले मात्र हकप्रद भर्न पाउने छन्। बैंकले १० कित्ता बराबर ६ कित्ता शेयर दिएको हो।  १०० रुपैयाँ दरका ८५ लाख १५ हजार ५ कित्ता शेयर निष्काशन गरेको हो। 
 

Tata
GBIME
Nepal Life