राष्ट्र बैंकले राखेको पाँच लक्ष्यमध्ये कुन कुन हासिल भए? साढे ११ महिनाको आयात धान्ने स्टक

बिजमाण्डू
२०७४ जेठ ९ गते ०९:५८ | May 23, 2017
राष्ट्र बैंकले राखेको पाँच लक्ष्यमध्ये कुन कुन हासिल भए? साढे ११ महिनाको आयात धान्ने स्टक
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षभित्र हासिल गर्ने भनेर राखेको मौद्रकि नीति अन्तर्गतको लक्ष्य चैतसम्म आंशिक हासिल गरेको छ।
 
राष्ट्र बैंकले सुचनाको हक सम्ब्नधि व्यवस्था अन्तर्गत चैतसम्मको विवरण सार्वजनिक गर्दै मूल्य बृद्धि लक्ष्यको आधामै कायम राख्न सफल भएको जनाएको छ। राष्ट्र बैंकले बर्षभरी मुल्य बृद्धि ७.५ प्रतशितमा कायम गर्ने लक्ष्य राखेकोमा चैतसम्म ३.८ प्रतिशतमै सीमित गरेको छ।
 
खासगरी आधार मूल्य प्रभाव, आपुर्ति व्यवस्थापनमा सुधार र भारतमा समेत उपभोक्ता मूल्य बृद्धि घट्दै गएका कारण नेपालमा पनि त्यसको प्रभावले महँगी बृद्धि दर कम भएको राष्ट्र बैंकको तर्क छ।
 
राष्ट्र बैंकले कम्तिमा ८ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो। नौं महिनाको तथ्यांक अनुसार, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमयको सञ्चितिले १३.३ महिनाको बस्तु आयात र ११.५ महिनाको बस्तु तथा सेवा आयात धान्ने छ। बैंकिङ क्षेत्रमा १०५७ अर्ब ३८ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ।
 
सरकारले राखेको ६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने गरी मौद्रिक तरलताको व्यवस्थापन गर्ने लक्ष्य राष्ट्र बैंकको थियो। त्यसअनुसार राष्ट्र बैंकले आन्तरिक कर्जा ९ प्रतिशतले बढाउँदै निजी क्षेत्रतर्फ जाने कर्जा साढे १५ प्रतिशतले बढेको जनाएको छ।
 
यसैगरी विस्तृत मुद्राप्रदायको बृद्धि दर १७ प्रतिशतमा राख्ने लक्ष्यत भए पनि त्यो ९.८ प्रतिशत मात्र भएको छ। साथै निजी क्षेत्रतर्फ जाने कर्जा २५ प्रतिशतले बढ्ने लक्ष्य भए पनि त्यो साढे १५ प्रतिशत मात्र भएको राष्ट्र बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life