महानगर बनेको खुसियालीमा आज विराटनगरमा दीपावली, मोरङ व्यापार संघको आयोजना

बिजमाण्डू
२०७४ जेठ ९ गते १२:३८ | May 23, 2017
विराटनगर । विराटनगर महानगरपालिका बनेपछि हर्षित स्थानीयबासीले आज दीपावली गर्ने भएका छन्। मन्त्रिपरिषद्ले सोमबार विराटनगर उपमहानगरपालिकालाई स्तरोन्नति गर्ने निर्णय गरेपछि स्थानीयमा खुसियाली छाएको हो।
 
लामो इतिहास बोकेको विराटनगरलाई महानगरपालिका बनाउन विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था प्रयासरत थिए।
 
दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरलाई महानगर बनाउँदा टङ्की सिनुवारी र जहदा-३ लाई पनि समाहित गरिनेछ। यी दुई स्थानका क्रमशः २० हजार र आठ हजार जनसङ्ख्या थपिएपछि महानगरको जनसंख्या दुई लाख ४२ हजार हाराहारी पुग्नेछ। 
 
महानगर बनेको खुसियालीमा आज बेलुका मोरङ व्यापार सङ्घको आयोजनामा दीपावली गर्न लागिएको हो। दीपावलीमा सरिक हुन सङ्घले नगरबासीसँग अनुरोध समेत गरेको छ।
 
सरकारल सोमबार विराटनगर र वीरगन्जलाई महानगरमा बढुवा गर्ने निर्णय गरेको थियो। यससँगै मुलुकमा महानगरको संख्या छ पुगेको छ। 
 

Tata
GBIME
Nepal Life