जेठ महिना लागेदेखिनै निरन्तर उकालो लाग्यो सुनको भाउ, तोलाको ५५ हजार रुपैयाँमा कारोबार

बिजमाण्डू
२०७४ जेठ ९ गते १५:२० | May 23, 2017

काठमाडौं। मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ५४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५५ हजार रुपैयाँमा कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

जेठ महिना लागेसँगै सुनको भाउ निरन्तर उकालो लागिरहेको हो ।  गत जेठ ४ गते सुनको भाउ एकै दिन एक हजारले बढेको थियो। जेठ ४ गते ५३ हजार ७०० रुपैयाँबाट ५४ हजार ७०० रुपैयाँ पुगेको थियो। जेठ महिनाको सुरुमा ५२ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ जेठ ९ गतेसम्म आइपुग्दा  ५५ हजार रुपैयाँमा कारोबार भएको हो।

चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार ७५५ रुपैयाँमा कारोबार भएकोमा मंगलबार ७७० रुपैयाँमा कारोबार भएको छ।
सुन ब्यवसायीको भनाइ अनुसार अहिलेको समय भनेको सुनको भाउ घट्ने अवस्था हो तर अनपेक्षित रुपमा अहिले सुनको भाउ बढेको सुन चाँदी व्याबसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए।

तुलनात्मक रुपमा डलरको भाउमा कमजोरी आएको हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ पनि बढेको उनले बताए। अमेरिकामा आन्तरिक राजनीतिमा अस्थिरता देखिएकोले शेयरमा लगानी गर्नेले सुनमा लगानी गरेको हुन सक्ने उनको भनाइ छ। यस्तै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पनि बढेको छ जसको प्रत्यक्ष असर सुनमा देखिएको शाक्यको आँकलन छ।