जाँदाजाँदै प्रचण्ड सरकारले गरे यी तीन निर्णय, व्यापार तथा निकासी केन्द्रमा राणा

बिजमाण्डू
२०७४ जेठ ९ गते १५:२३ | May 23, 2017
काठमाडौँ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा निर्णय गरेको छ।
 

बैठकले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ। त्यसैगरी बूढीगण्डकी जलविद्युत आयोजनाको एमओयु गर्न अर्थलाई अनुमति दिने निर्णय पनि गरेको छ। 
 
त्यसैगरी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकमा  शरदविक्रम राणालाई ल्याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले बताए।

Tata
GBIME
Nepal Life