प्रतिबन्धित ५०० र १००० भारु कारोबारी नेपालमा सक्रिय, साढे ५० लाखसहित दुई जना परे पक्राउ

बिजमाण्डू
२०७४ जेठ ९ गते १५:४३ | May 23, 2017
काठमाडौं। भारतले प्रतिबन्धित गरेको ५०० र १००० का पुराना नोटसहित भारतीयन नागरिक नेपालमा पक्राउ परेका छन्। उनको साथबाट ५० लाख ५० हजार प्रतिबन्धित भारु फेला परेको हो।
 
हरियाणा घर भइ काठमाडौं बुढानिलकण्ठ बस्ने ४० बर्षीय अनिलकुमार सोनी र ३४ बर्षीय किरणकुमार सोनिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
 
उनीहरुको साथबाट ५०० दरका २६०० थान अर्थात १३ लाख भारु तथा १००० दरका ३७५० थान अर्थात ३७ लाख ५० हजार भारु भेटिएको हो।
 
प्रहीले उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको छ। 
 

Tata
GBIME
Nepal Life