एनआईसी एशियाले एकै पटक नियुक्त गर्यो दुई सहायक सिइओ, न्यौपाने र पाण्डेलाई जिम्मेवारी

बिजमाण्डू
२०७४ जेठ ९ गते १८:५४ | May 23, 2017
एनआईसी एशियाले एकै पटक नियुक्त गर्यो  दुई सहायक सिइओ, न्यौपाने र पाण्डेलाई जिम्मेवारी
काठमाडौं । एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डे नियुक्त भएका छन्।
 
सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन। उनी करिब १० वर्षदेखि बैंकसँग आवद्ध छन् । आन्तरीक लेखा परीक्षण विभाग को विभागीय प्रमुखको रुपमा रहेका न्यौपाने तत्कालिन बैंक अफ एशिया नेपालबाट बैंकिङ सेवामा प्रवेश गरेका हुन् । 
 
त्यसै गरी २०४६ सालमा नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंैकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागमा लामो समयदेखि विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् । 
 
लामो बैंकिङ अनुभव सम्हालेका पाण्डे तथा न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हाँसिल गर्ने अपेक्षा बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा छ। 
 

Tata
GBIME
Nepal Life