आर्थिक सर्वेक्षण आज, आर्थिक वृद्धिदर ६.९४ प्रतिशत रहने अनुमान, औपचारिक कार्यक्रम नहुने!

बिजमाण्डू
२०७४ जेठ १४ गते १०:१५ | May 28, 2017
आर्थिक सर्वेक्षण आज, आर्थिक वृद्धिदर ६.९४ प्रतिशत रहने अनुमान, औपचारिक कार्यक्रम नहुने!
काठमाडौं।सरकारले चालु आर्थिक वर्ष ६.९४ आर्थिक वृद्धिदर हुने लक्ष्यसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ।अर्थमन्त्रालयले आइतबार साँझसम्म आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछ।

Tata
GBIME
Nepal Life


अर्थमन्त्रालय स्रोतका अनुसार संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ।आर्थिक सर्वेक्षण औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने वा वेवसाइटमा राखेर सार्वजनिक गर्ने टुंगो लागेको छैन।
 
चालु आर्थिक वर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको थियो।राम्रो मनसुनका कारण कृषि उत्पादन राम्रो भएको र लोडसेडिङ घटेकोले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान गरिएको हो।

भूकम्प र नाकाबन्दीका कारण गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो।आर्थिक सर्वेक्षणमा ८ महिनाको अवधिमा भएका खर्चका प्रगति विवरणहरु रहनेछ।यो वाहेक विभिन्न सरकारी संस्थानको गत वर्षको नाफा नोक्सान समेत सार्वजनिक हुनेछ।