धितोपत्र बजारमा सर्वसाधारणको उत्साहजनक सहभागिता, दोस्रो बजारको स्तरोन्नती मुख्य चुनौती

बिजमाण्डू
२०७४ जेठ १५ गते ०९:२७ | May 29, 2017

काठमाडौं। धितोपत्र बजारमा पूँजी बृद्धि योजना सार्वजनिक भएसँगै धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा सर्बसाधारणको उत्साहजनक सहभागिता  देखिएको छ।
चालु आर्थिक बर्षको प्रथम आठ महिनामा प्राथमिक बजारमार्फत ९ संस्थाले प्राथमिक  शेयर निष्कासन ३ संस्थाले थप निष्कासन ४० संस्थाले हकप्रद निष्कासन र ३ संस्थाले म्युचुअल फण्ड निष्कासन गरी कुल ५५ संगठित संस्थाबाट ३४ अर्ब ६७ करोड बराबरको पूँजी परिचालन गरेका छन्।

Tata
GBIME
Nepal Life

अघिल्लो बर्षको तुलनामा यो बर्ष १७८.०३ प्रतिशतले पूँजी बढेको हो। गत बर्ष १२ अर्ब ४७ करोड रुपैयाँ पूँजी परिचालन भएको थियो।

चालु आर्थिक बर्षको प्रथम आठ महिनामा हकप्रद शेयरमार्फत २३ अर्ब बराबरको पूँजी परिचालन भएको छ। गत बर्षको तुलनामा यस्तो पूँजी ८ गुणाले बढी परिचालन भएको हो।

यस आर्थिक बर्षको प्रथम आठ महिनामा तीन म्युचुअल फण्डले २ अर्ब ८५ करोड रुपैयाँ बरावरको पूँजी परिचालन गरकेका छन्। आर्थिक वर्षको प्रथम आठ महिना ९१ संगठित संस्थाबाट १७ अर्ब २३ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी भएको छ । यो पूँजी गतवर्षको भन्दा ७५.१ प्रतिशतले बढी हो।

नेपाल स्टक एक्सचेन्जमा यो बर्ष थप ७ नयाँ कम्पनी सूचीकरण भएका छन् भने २६ वटा कम्पनी गाभ्ने गाभिने प्रक्रियामा छन्। कुल २ सय १२ कम्पनी सूचीकरण भएको तथ्याङ्क छ। यो आर्थिक बर्षको प्रथम आठ महिनासम्ममा बजार पूँजीकरण ८.१६ प्रतिशतले बृद्धि भर्इ १५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक बर्षको प्रथम आठ महिनामा गत बर्षको सोहि अवधिको तुलनामा ८८.७६ प्रतिशतले बृद्धि भर्इ एक खर्ब ३२ अर्ब रुपैयाँ बरावरको धितोपत्र कारोबार भएको छ।

चालु आर्थिक बर्षको प्रथम आठ महिनामा नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत संगठित संस्थाको कुल चुक्ता पूँजी अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशतले बृद्धि भर्इ २ खर्ब ५२ अर्ब पुगेको छ।

प्राथमिक शेयर निष्कासनमा हितग्राही खाता अनिवार्य भएसँगै हितग्राही खाता खोल्नेको संख्या चालु आर्थिक बर्षको प्रथम आठ महिनामा ३ लाख ५४ हजार ३०१ ले बढेर जम्मा ७ लाख ४६ हजार ६६० जना पुगेका छन्। यो प्रथम आठ महिनामा ७५ करोड ५३ लाख ८४ हजार ७४३ धितोपत्र डिम्याट भर्इ यो संख्या १ अर्ब ६८ करोड ५७ लाख ८४ हजार ३९८ पुगेको छ।
 
कसरी गर्ने स्तरोन्नती?

 
अर्थ मन्त्रालयको आर्थिक सर्बेक्षणले धितोपत्र बजारको संस्थागत विकासको लागि प्राथमिक तथा दोस्रो बजारमा संरचनात्मक सुधार भएतापनि बजारलार्इ स्वस्थ पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बनार्इ यस क्षेत्रको स्तरोन्नती गर्ने मुख्य चुनौती रहेको जनाएको छ।
 
धितोपत्र बजारको कारोबार सेवालार्इ विद्युत प्रणालीमा आधारित बनार्इ देशव्यापी बनाउन र धितोपत्रको दोस्रो बजार सेवा गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालार्इ खुला गर्न सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडलार्इ आधुनिक, प्रतिस्पर्धी एवं व्यावसयिक बनाउने कार्य चुनौतीपूर्ण रहेको छ।

सर्बेक्षणले पूँजी बजारको चुनौतीमा काठमाडौं बाहिर पनि विस्तार भएको शेयरको कारोबारलार्इ कर्जा रकम जोखिम रहित बजाउन पूँजी बजारको साक्षरता कार्यक्रम संञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। पूँजी बजार विकासकालागि धितोपत्र बजारमा सूचीकृत हुने कम्पनीको संख्यामा बृद्धि गर्न दिएका कर उत्प्रेरणाको समेत न्यून प्रभाव मात्र परेकोले थप सुधार गर्नुपर्ने चुनौती रहेको छ।
 
धितोपत्र बजारमा स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्थागत लगानीकर्ताको हाल न्यून सहभागिता रहेको सन्दर्भमा नागरिक लगानी कोष, बीमा कम्पनी, कर्मचारी सञ्चयकोष जस्ता लगानीकर्ताको रुपमा विकास गर्ने कार्य चुनौतीपूर्ण रहेको  छ। बीमाको आधुनिकीकरणमा सहयोग पुर्याउने कानुनी र संस्थागत संरचना तयार गर्नु समेत  यसको मुख्य चुनौती हो।