गणतन्त्र दिवसको अवसरमा आठ व्यवसायी एवं बैंकरले पाए तक्मा, राष्ट्र बैंकबाट दुई जना

बिजमाण्डू
२०७४ जेठ १५ गते १२:३६ | May 29, 2017
काठमाडौं । सरकारले गणतन्त्र दिवसको असवर पारेर आठ जना व्यवसायी एवं बैंकरलाई बिभिन्न मानपदवी एवं अलंकार प्रदान गर्ने घोषणा गरेको छ। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तय गरेको मितिमा घोषित पदवी प्रदान गर्नेछिन्। 
 
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले किर्तिमय राष्ट्रदीप पदवी प्राप्त गरेका छन्। यस्तै व्यवसायीहरु कैलाशचन्द्र गोयल, नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष प्रमिला आचार्य रिजाल र पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले प्रवल जनसेवाश्री पाएका छन्।
 
व्यवसायीहरु राजेन्द्र खेतान, सतिष कुमार मोर र विश्वनाथ शाहले जनसेवाश्री पदवी पाएका छन्। शाह धनुषाका व्यवसायी हुन्। अर्का व्यवसायी आनन्दराज बतास समासेवा रत्नबाट विभुषित भएका छन्। 
 
राष्ट्र बैंकका दुई जना
सरकारले नेपाल राष्ट्र बैंकका दुई जना अधिकारीलाई प्रवल जनसेवाश्री पदवी प्रदान गरेको छ। केन्द्रिय बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना र गभर्नर कार्यालयका निर्देशक एवं सहायक प्रवक्ता राजेन्द्र पण्डितले उक्त विभुषण पाएका हुन्।
 

Tata
GBIME
Nepal Life