राजधानीमा हिमालयन ट्राभल मार्ट सुरु , विश्वभरबाट दुर्इ सय भन्दा बढी पर्यटन व्यवसायी सहभागी

बिजमाण्डू
२०७४ जेठ १८ गते ०९:३५ | Jun 1, 2017
काठमाडौं। प्यासिफिक एशिया ट्राभल एशोसिएशन अफ नेपाल (पाटा)को आयोजनामा  आजदेखि काठमाडौंमा 'हिमालयन ट्राभल मार्ट २०१७' सुरु भएको छ। नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्धन गर्ने उद्देश्यले पाटा नेपाल च्याप्टरले ट्राभल मार्ट सुरु गरेको हो।
 
नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गकोरुपमा स्थापित गर्ने उद्देश्य लिएर मार्ट गर्न लागिएको हो।मार्टमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार तथा पाकिस्तानका पर्यटन व्यवसायीहरुले युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सिआइएस, एसिया र खाडी मुलुकका व्यवसायीहरुलाई आफ्ना प्याकेजहरु विक्री गर्नेछन्।
 
मार्टमा विभिन्न मुलुकबाट आउने टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय वक्ताहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु गरी दुर्इ सयभन्दा बढीले भाग लिने अनुमान गरिएको छ।
 
 

Tata
GBIME
Nepal Life