कतारको विश्वभर ३ सय ३५ अर्ब डलर लगानी, बेलायतमा मात्र ३५ अर्ब पाउन्ड लगानी

बिजमाण्डू
२०७४ जेठ २७ गते १७:३७ | Jun 10, 2017
लण्डन। लण्डनका भव्य होटल हुन् वा भवन जहाँ कतारको लगानी नभएका कमै होलान्।कतारले बेलायतदेखि अमेरिकालगायतका थुप्रै देशमा ३ सय ३५ अर्ब डलर लगानी गरेको छ।
 

अहिलेसम्म कतारले बेलायतमा करिब ३५ अर्ब पाउन्ड लगानी गरेको छ जुन लगानी अबको ५ बर्षमा ४० अर्ब पुग्ने बीबीसीले बताएको छ। प्रपर्टी रिसर्च कम्पनी डाचाका अनुसार  लण्डनमा कतारसँग ८ सय ७९  कर्मसियल र रेजिडेन्सियल सम्पति छ।जुन सम्पतिमा २६ मिलियन स्क्वायर फिट भूमि कर्मसियल समूहमा पर्छ। 

Tata
GBIME
Nepal Life