छिमेकबाट एक्लिए पनि बाँकी छन् कतारका ‘लाइफ-लाइन’, आर्थिक असहजता टुंग्याउने यस्तो छ बाटो

बिजमाण्डू
२०७४ जेठ ३० गते ०९:४५ | Jun 13, 2017
छिमेकबाट एक्लिए पनि बाँकी छन् कतारका ‘लाइफ-लाइन’, आर्थिक असहजता टुंग्याउने यस्तो छ बाटो
‘साउदी अरेबिया आफैले पनि अल कायदा, तालिबान र लस्कर-ए-तोइबाजस्ता आतंकबादी संगठनहरुलार्इ आश्रय दिइरहेको अवस्थामा उसले कतारमाथि औंला उठाउनु लाजमर्दो होइन र ?’ 
मध्यपूर्वका छिमेकी देशहरुबाट नाकाबन्दी भएपछि एक्लिएको कतारका सामु आर्थिक गतिविधिहरु पुरानै किसिमले अघि बढाउन बैकल्पिक मार्ग खोज्नुपर्ने भएको छ। 
 
कतार अहिलेसम्म मजबुत रहेको आफ्नो आर्थिक जगलार्इ सुरक्षित राख्न चाहन्छ। छिमेकी देशहरुसँग हवार्इ तथा वित्तीय सम्बन्ध टुटेपछि केही प्रश्नहरु उठेका छन्, जसमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको कतारले अब आफ्ना नागरिकका लागि कसरी खाद्यान्नको जोहो गर्नेछ? 
 
केही देशहरुले नाकाबन्दी लगाए पनि अझै पनि कतारका धेरै मित्र देशहरु छन्, जसबाट उसले सहयोगको अपेक्षा राखेको छ। २२ लाखभन्दा बढि जनसंख्या रहेको कतारले जुन आरोपहरुका कारण छिमेकी देशहरुबाट नाकाबन्दी खेपिरहेको छ, ती देशहरुले लगाएको आरोपलार्इ खण्डन गरी उनीहरुलार्इ आश्वस्त पार्न सके बिग्रिएको सम्बन्ध सुधार्न सक्छ।

विदेशी सरकारहरुले आतंकबादी समुह भन्दै आएको हमासलार्इ कतारले गर्दै आएको भनिएको सहयोग पुष्टी भएमा भने खाडीमा भयावह अवस्था निम्तिन सक्छ। कतारले हमास तथा सुन्नी इस्लामिक समूहको बचाउ गरेमा वा ती समूहहरुको संरक्षण गरेमा ती समूहमाथि आक्रमक रहँदै आएको साउदी अरेबिया अझ भड्किन सक्छ। 
अल जजिराका अनुसार, अहिले कतारसँग दशवटा देशहरुले कुटनीतिक सम्बन्ध तोडेका छन्। तर गत शुक्रबार टर्कीले खाना र औषधीको सहयोग गर्ने आश्वासन दिएको छ। त्यस्तै इरानले पनि सहायता जारी नै राख्ने भनेको छ। 
 
कामदारको उच्च स्रोत भएको देश मानिएको फिलिपिन्सले पनि गत बुधबार कतारमा कामदारहरु उपलब्ध गराउनेतर्फ आफू सकारात्मक रहेको संकेत गरेको छ। अहिले पनि विदेशमा काम गर्न जाने फिलिपिनो कामदारमध्ये ५ प्रतिशत कतारमा काम गर्छन्। भारतले पनि कामदारहरु कतार पठाउन सक्ने बताइएको छ। यी परिस्थितीहरु हेर्दा कतारका लागि केही ‘लाइफ लाइन’ बाँकी नै छन्।
 
यस्तै खाद्यान्न भित्र्याउनका लागि पनि कतारसँग केही विकल्पहरु बाँकी छन्। उनले कतारी-इरानी सामुन्द्रिक किनारको प्रयोग गरेर खाद्यान्न भित्र्याउन सक्छ। इरानको एयरस्पेस पनि उसले अझै प्रयोग गर्न सक्छ। 

अमेरिका कतारले आतङ्कबादीलार्इ सहयोग गरिरहेको छ भन्ने आरोपका बिषयमा उसको प्रतिबद्धता चाहिरहेको क्याफिरोको विश्लेषण छ। अलजजिराका अनुसार, गत हप्ता नै अमेरिकाले साउदी अरेबिया, इजिप्ट र यूएइलार्इ कतारमाथिको नाकाबन्दी केही खुकुलो गर्न भनिसकेको छ।
वासिङ्टनमा रहेका गल्फ स्टेट एनालिस्ट जर्जियो क्याफिरो भन्छन्- ‘पहिले जस्तै साउदी अरेबियाबाट खाद्यान्न भित्र्याउनुभन्दा इरानी आकाश प्रयोग गरेर हवाइजहाजमा खाद्यान्न ल्याउन कतारलार्इ महंगो त पर्नेछ तर उसंग  यसलार्इ थेग्न सक्ने मजबुत वित्तीय अवस्था छ।’ 
 
कुवेत र ओमान अहिलेसम्म यस मुद्दामा तटस्थ देखिएका छन्। उनीहरु कतार मुद्दाको समाधानकालागि पहल गरिरहेका छन्। अलजजिराका अनुसार, अमेरिका आफैले पनि कतारको अल-उदेइवा हवाइ अड्डालार्इ आतङ्कबाद बिरुद्ध आक्रमणका लागि प्रयोग गर्दै आएको छ। 
 
अमेरिका कतारले आतङ्कबादीलार्इ सहयोग गरिरहेको छ भन्ने आरोपका बिषयमा उसको प्रतिबद्धता चाहिरहेको क्याफिरोको विश्लेषण छ। अलजजिराका अनुसार, गत हप्ता नै अमेरिकाले साउदी अरेबिया, इजिप्ट र यूएइलार्इ कतारमाथिको नाकाबन्दी केही खुकुलो गर्न भनिसकेको छ।
 
अल जजिराको भनाइ उद्धृत गर्दै फोर्ब्स लेख्छ– गत शुक्रबार गल्फ कर्पोरेसन काउन्सिलको सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका रेक्स टिलरसनले खाडी मुलुकहरुले कतारको मुद्दामा तत्काल समाधान खोज्नुपर्ने दवाव दिएका थिए। 
 
कतार सहित ६ देशको राजनीतिक तथा आर्थिक संघको रुपमा रहेको गल्फ कर्पोरेसन काउन्सिलको सम्मेलनमा अमेरिकी दूत रेक्सले कतारका अमिरले तत्काल यस विषयमा निर्णय गरिहाल्नुपर्ने बताएका थिए। उनले कतारबाट आतङ्कबादी तत्वहरुलार्इ निमिट्यान्न पार्न छिटोभन्दा छिटो काम गर्न समेत सुझाएका थिए। 

यस्तै खाद्यान्न भित्र्याउनका लागि पनि कतारसँग केही विकल्पहरु बाँकी छन्। उनले कतारी-इरानी सामुन्द्रिक किनारको प्रयोग गरेर खाद्यान्न भित्र्याउन सक्छ। इरानको एयरस्पेस पनि उसले अझै प्रयोग गर्न सक्छ। 
विगतमा कतारको हवाइ अड्डाको प्रयोग गर्दै अमेरिकी र बेलायती सेनाहरुले आइएसआइएस लक्षित हवाइ आक्रमण गर्दै आएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा तत्काल समाधान खोजेको अष्ट्रेलियास्थित मुर्डक यूनिभर्सिटी स्कूल अफ बिजनेस एण्ड गभर्नेन्सका प्राध्यापक अमिर अलिको विश्लेषण छ। 
 
विदेशी सरकारहरुले आतंकबादी समुह भन्दै आएको हमासलार्इ कतारले गर्दै आएको भनिएको सहयोग पुष्टी भएमा भने खाडीमा भयावह अवस्था निम्तिन सक्छ। कतारले हमास तथा सुन्नी इस्लामिक समूहको बचाउ गरेमा वा ती समूहहरुको संरक्षण गरेमा ती समूहमाथि आक्रमक रहँदै आएको साउदी अरेबिया अझ भड्किन सक्छ। 
 
उसले कतारमाथि अझ बढी कुटनीतिक तथा आर्थिक दवाव बढाउन सक्छ। यस्तो अवस्थामा रिसको झोकमा कहिँ कतै कुनै आतंकबादी समूहले आक्रमण गरेको खण्डमा कतारले पनि त्यसको जवाफी कारवाहीमा उत्रिन सक्छ। यदि आक्रोश र आक्रमणका घटना हुन थाले भने यसले खाडी क्षेत्रमा सुरु हुन सक्ने युद्धको संभावनालार्इ पनि उत्तिकै बलियो बनाउन सक्छ। 
 
प्राध्यापक अमिर अलि प्रश्न गर्छन्- ‘साउदी अरेबिया आफैले पनि अल कायदा, तालिबान र लस्कर-ए-तोइबाजस्ता आतंकबादी संगठनहरुलार्इ आश्रय दिइरहेको अवस्थामा उसले कतारमाथि औंला उठाउनु लाजमर्दो होइन र ?’ 

Tata
GBIME
Nepal Life