नबिल बैंक र फिनलिट नेपालबीच वित्तिय साक्षरता बढाउन हातेमालो, ‘स्कुल बैंक’ सञ्चालन गर्ने

बिजमाण्डू
२०७४ जेठ ३१ गते ०७:३८ | Jun 14, 2017
काठमाडौं । नबिल बैंक र फिनलिट नेपाल प्रालिले लमजुङको बेँशीसहरका १० स्कुलमा आर्थिक साक्षरता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेका छन। बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट  नेपालका सञ्चालक प्रकाश कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

७ देखि १० कक्षासम्मका विद्यार्थी लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालन गर्ने कोइरालाले जानकारी दिए। फिनलिट नेपालले विद्यार्थीहरुमा बचतको बानी बसाउन ‘स्कुल बैंक’ नामको संरचनागत अवधारणा सुरु गरेको छ। जस अन्तर्गत आर्थिक साक्षरता अभिबृद्धि एवं लक्षित विद्यार्थी तथा युवाहरुलाई आर्थिक क्षेत्रमा पहुँचका लागि आवश्यक सचेतना प्रदान गर्ने कोइरालाले बताए। 
 
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका बाबु(आमालाई नगद ब्यवस्थापन, बचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्त बारे सिकाउन आर्थिक शिक्षा सम्वन्धी ढाँचाको तर्जुमा गरिएको छ उनले जानकारी दिए। ‘स्कुल बैंक’को पाठ्यक्रमको अवधी सात महिनाको रहेको छ।
 
फिनलिट नेपालसँग सम्झौता गर्दै बैंकका नायब महाप्रबन्धक लोहनीले फिनलिट बेँशीसहरमा आर्थिक साक्षरता अभिबृद्धि कार्यक्रमका लागि बैंकले योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे। फिनलिट नेपालका सञ्चालक कोइरालाले युवा एवं विद्यार्थीहरुमा आर्थिक सचेतना अभिबृद्धि गर्न नबिल बैंकको सहयोगले आफुलाई झनै उत्साहित बनाएको बताए।
 

Tata
GBIME
Nepal Life