बिजनेसमा पाइला राख्न खोज्नेलाई लगानी जुटाएर हौसला दिँदै सुमन जोशी

प्रभात भट्टराई/बिजमाण्डू
२०७४ जेठ ३१ गते ०९:३१ | Jun 14, 2017
बिजनेसमा पाइला राख्न खोज्नेलाई लगानी जुटाएर हौसला दिँदै सुमन जोशी
सुरुमा जोशी र उनको टिमले केही बर्ष सञ्चालन भएका र विस्तारको संभावना बोकेका कम्पनीबाट आवेदन आह्वान गर्यो। १० वटासम्म कम्पनी छान्ने र उनीहरुलाई सुरुमा व्यवस्थापनदेखि बिजनेश स्टाटेजीसम्मको तालिम दिने। तालिमपछि आफ्नो व्यवसाय विस्तारको संभावना र त्यसमा चाहिने लगानी बारे प्रस्तुती दिन लगाए उनले। यसरी लामो छनौट प्रकृया पार गर्दै पहिलो लगानी पाउने कम्पनी बनेको थियो- पोखराको अल्ट्रा लाइट।
काठमाडौं। २३ बर्षको बैंकिङ करियरमा आधा बढि समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी निभाइसकेपछि सुमन जोशीलाई फेरि अर्को संस्थामा गएर जागिर दोहोर्याउन मन थिएन। 
 
बैंक छाडेर यहि गर्छु भन्ने निर्क्यौल पनि मनमा आइसकेको थिएन। एउटा चाहिँ निधो थियो- अब फेरि अर्को चार बर्षका लागि भन्दै कुनै बैंकको बोर्डसँग ‘कन्ट्र्याक्ट साइन’ भने नगर्ने। 
 
२०६५ सालमा लक्ष्मी बैंक सिइओको रुपमा तेस्रो कार्यकालका लागि सम्झौता नवीकरण गरेसँगै अब ‘टर्म’ नथप्ने घोषणा गरेका थिए उनले। यस क्रममा भावी जीवनमा बारे उनको मनमा अनेक कल्पना खेले। अन्त्यमा निचोडमा पुगे- भेञ्चर क्यापिटल सुरु गर्ने।
 
विदेशमा स-साना व्यवसायलाई बृहत स्वरुपमा विस्तार गर्न सफल उदाहरण बनेको भेञ्चर क्यापिटलको औपचारिक अवधारणा नेपालमा थिएन। अझैसम्म पनि नियमनको स्वरुप तयार भइसकेको छैन। पछिल्लो समय नेपाल धितोपत्र बोर्डले नियमन गर्ने चर्चा भने हुन थालेको छ। 
 
जोशी आफैंलाई पनि यसबारे सम्पुर्ण जानकारी थिएन। यति चाहिँ थाहा थियो- नेपालजस्तो देशमा भेञ्चर क्यापिटल सुरु गर्न पाए सोच भएका तर बजेट अभावमा फष्टाउन नपाएका कैयन् साना तथा मझौला आकारका व्यवसायले गति लिन सक्छन्।
 
बैंकबाट छुट्टि लिएर अमेरिकाको हार्वर्ड विश्विद्यालय पुगे उनी। त्यहाँ भेञ्चर क्यापिटल सञ्चालनका लागि विभिन्न प्राविधिक पक्षबारे बुझे। बैंकमा अझै ‘टर्म’ बाँकी नै थियो। फर्केर आफ्नो नियमित दैनिकी सुरु गरे।
 
एक दिन, दुई दिन गर्दै उनको समय बित्दै गयो। अन्तत: २०६९ सालमा सँधैका लागि लक्ष्मी बैंकलाई बाइबाइ गरे। २३ बर्षको अनवरत बैंकिङबाट थाकेको ज्यानलाई आराम दिन झन्डै छ महिना यतात्यता बरालिएपछि सुरु गरे- ट्रु नर्थ एसोसिएट्स (टिएनए)। 
 
पाँच जना साथीहरुको टिम बनाएर खोलिएको टिएनएमा उनी फाउन्डर एवं म्यानेजिङ पार्टनर छन्। कम्पनीको अवधारणमा इन्भेष्टमेन्ट, कन्सल्टिङ र म्यानेजमेन्ट गरि तीन काम समेटिएको छ। 
 
टिम बन्यो, कम्पनी खोले तर विदेशमा भेञ्चर क्यापिटल जसरी सञ्चालन हुन्छन्, नियमन अभावमा त्यो अवधारण यहाँ लागु गर्न संभव थिएन। जोशीले उपाय निकाले- जुन कम्पनीमा लगानी गर्ने हो त्यसको शेयर नै लिने र निश्चित समयपछि बाहिरिने। रहुन्जेल कम्पनी ऐनको प्रावधान अनुसार शेयर होल्डरकै रुपमा उक्त कम्पनीको हिस्सेदार बन्ने।

टिएनएले पछिल्लो पटक फुडमाण्डूमा लगानी गरेको छ। अर्डर आएको ठाउँमा खाना पुर्याउने अवधारणा सहित केही युवाले सुरु गरेको यो कम्पनी भूकम्प अघिसम्म राम्रै ढंगले चलिरहेको थियो। तर, भूकम्पपछि समस्यामा परेपछि कम्पनी टिएनएको सम्पर्कमा पुग्यो। अहिले टिएनएले ३४ प्रतिशत शेयर लिएर फूडमाण्डूमा लगानी गरेको छ। त्यस अनुरुप कम्पनीले पनि विस्तारै लय समाउन थालेको छ।
सुरुमा जोशी र उनको टिमले केही बर्ष सञ्चालन भएका र विस्तारको संभावना बोकेका कम्पनीबाट आवेदन आह्वान गर्यो। १० वटासम्म कम्पनी छान्ने र उनीहरुलाई सुरुमा व्यवस्थापनदेखि बिजनेश स्टाटेजीसम्मको तालिम दिने। तालिमपछि आफ्नो व्यवसाय विस्तारको संभावना र त्यसमा चाहिने लगानी बारे प्रस्तुती दिन लगाए उनले। यसरी लामो छनौट प्रकृया पार गर्दै पहिलो लगानी पाउने कम्पनी बनेको थियो- पोखराको अल्ट्रा लाइट। 
 
टिएनए स्थापना भएको साढे दुई बर्षमा अहिलेसम्मो यस्ता बिभिन्न सात कम्पनीमा लगानी गरिसकेको छ। थप तीन वटा पाइपलाइनमा छन्। अहिलेसम्म २५ करोड रुपैयाँ हाराहारी लगानी भइसकेको छ। लगानी गर्नुअघि कम्पनीको भ्यालुएसन हुन्छ। कतिपयमा ‘फेस भ्यालु’ मै त, कतिको प्रिमियम मूल्यसमेत तय हुन्छ। 
 
कम्पनीले अहिलेसम्म कति कमायो र भविश्यमा कति कमाउला भन्ने आधारमा प्रिमियम तय हुन्छ।  कम्पनीलाई जति बराबरको लगानी चाहिएको हो, त्यस बापतको शेयर टिएनएलाई नामसारी गरिदिन्छ।
 
आफ्नो टिमका पाँच जनाबाहेक लगानी रकम जरुरी पर्दाको लागि भनेर जोशीले ‘पुल’ मासमेत केही ब्यक्तिलाई राखेका छन्। व्यवसायको प्रकृति अनुसार पुलमा रहेका व्यक्तिलाई तानेर लगानीको मौका दिने उनी बताउँछन्।
 
टिएनएले पछिल्लो पटक फुडमाण्डूमा लगानी गरेको छ। अर्डर आएको ठाउँमा खाना पुर्याउने अवधारणा सहित केही युवाले सुरु गरेको यो कम्पनी भूकम्प अघिसम्म राम्रै ढंगले चलिरहेको थियो। तर, भूकम्पपछि समस्यामा परेपछि कम्पनी टिएनएको सम्पर्कमा पुग्यो। अहिले टिएनएले ३४ प्रतिशत शेयर लिएर फूडमाण्डूमा लगानी गरेको छ। त्यस अनुरुप कम्पनीले पनि विस्तारै लय समाउन थालेको छ।

आफुहरु कम्पनीलाई एक हदसम्मको ‘पुस’ गर्न मात्र सहभागी भए पनि नियमन अभावमा सबै दायित्व बहन गर्नु पर्ने उनले बताए। ‘कारणबश कुनै कम्पनी चल्न सकेन र लिएको ऋण तिरेन भने हामी पनि कालोसूचीमा पर्ने अवस्था आउँछ’ उनले भने। 
नियमन नहुँदा अविश्वासको पर्खाल
भेञ्जर क्याापिटलमा सञ्चालनका लागि नियमन अभावमा कतिपय नवउद्यमीले आफुहरुबाट सहयोग लिन डराएको अनुभव पनि जोशीले गरेका छन्। 
 
‘शेयर दिएपछि भविश्यमा कम्पशनी नै खाइदेला की भन्ने डर कतिपयमा देखियो’ उनले भने। आफुहरुले यति समयमा कम्पनीबाट बाहिरिने भनेर सुरुमै सम्झौता गर्ने गरेको जोशी सुनाउँछन्। निस्किँदा हाम्रो अपेक्षा यो हुन्छ भनेर पनि सम्झौतामा खुलाइन्छ।
 
अहिले धितोपत्र बोर्डले ‘रियल सेक्टर’ का कम्पनीलाई प्रिमियममा शेयर बेच्न दिने नीतिगत व्यवस्था गरेको छ। त्यसले भेञ्जर क्यापिटलहरुलाई लगानी गरेको कम्पनीबाट बाहिरिन सजिलो हुन सक्ने उनको अपेक्षा छ।
 
लगानी गरेको व्यवसायको अवधारणा राम्रो छ तर, त्यस अनुरुपको व्यवस्थापन कौशल छैन भने कम्पनी ‘ह्यान्डल’ मा पनि केही सहयोग गर्ने उनको भनाइ छ। कसैकसैलाई रणनीतिक योजना र नेटवर्किङ बनाउन सघाएको उनले बताए। 
 
‘सकेसम्म हामी सम्बन्धित प्रवर्द्धकले नै कम्पनी हाँकुन् र आफु साइलेन्ट बसौँ भन्ने चाहन्छौँ’ उनले भने। सोही कारण लगानी गर्ने व्यवसाय छनौटमा लामो समय खर्चिने गरेको उनले बताए। 
 
आफुहरु कम्पनीलाई एक हदसम्मको ‘पुस’ गर्न मात्र सहभागी भए पनि नियमन अभावमा सबै दायित्व बहन गर्नु पर्ने उनले बताए। ‘कारणबश कुनै कम्पनी चल्न सकेन र लिएको ऋण तिरेन भने हामी पनि कालोसूचीमा पर्ने अवस्था आउँछ’ उनले भने। सोही कारण सकेसम्म आफूहरुले लगानी गरेको कम्पनीलाई ऋण लिन प्रोत्साहिन नगरेको उनले बताए। कथम्कदाचित कम्पनी चलेन र डुब्यो भने आफूहरुको लगानी पनि डुब्ने उनले सुनाए।

निजी क्षेत्रको आँखाबाट हेर्दा आफुले थालेको काम नौलो भए पनि सहकारी अवधारणमा यसअघि पनि यसरी व्यवसाय विस्तार भएको जोशी बताउँछन्। ‘गाउँमा खोलिने कृषि सहकारीहरुले आफ्ना सदस्यलाई लगानीदेखि प्राविधिक ज्ञानसम्म दिइरहेका हुन्छन्, उनले भने- निजी क्षेत्रको प्रवर्धन र व्यवसायीक अवधारणमा मात्र यो नौलो हो।’
‘अहिलेका लागि हामीले यो क्षेत्रमा हात हालेर जोखिम नै लिएको हौँ, जोशीले भने- भोली गएर बिजनेश राम्रो भएन र तिमीलाई रिटर्न दिन सक्दैनौँ भन्यो भने हामीहरुलाई त्यहाँबाट असुल्ने आधार पनि हुँदैन।’
 
नियमनकारी प्रावधान आए शेयर होल्डर बन्ने/नबन्ने व्यवस्था पनि ऐच्छिक हुने उनले सुनाए। ‘नियमन भए कम्पनीको शेयर होल्ड नगरी बाहिरै बसेर पनि लगानी गर्ने संभावना रहन्छ’ उनले भने। 
 
आफूहरुले मूख्य जोखिम लगानी गरेको कम्पनीबाट बाहिरिने चरणमा हुन सक्ने देखेको जोशी बताउँछन्। सोही कारण नियमनकारी प्रावधान छिटो आओस् भन्ने उनको अपेक्षा छ। टिएनएले लगानी गरेका कुनैपनि कम्पनीबाट अहिलेसम्म बाहिरिने अवस्थामा पुगेको छैन।
 
बाहिरिँदा आउनसक्ने जोखिम सम्झेर नै अहिले कम्पनी छनौटमा धेरै ‘चुजी’ भएको उनले बताए। ‘कुनै कम्पनीलाई छान्नु अघि ३/४ महिना एकदमै नजिकबाट नियाल्छौं, उनले भने- कम्पनीको बिजनेश कस्तो हो र त्यहाँ कस्ता मान्छे छन् भन्नेमा धेरै चासो दिन्छौँ।’ सकेसम्म भद्र सहमतिलाई धोका नदिने मान्छे पहिल्याउने उनले सुनाए।
 
नियमनकारी प्रावधान आएपछि पुलमा रहेका व्यक्तिको पनि सहभागिता बढाउने उनले बताए। उनीहरुलाई जेनेरल पार्टनरको रुपमा राख्ने उनको भनाइ छ। त्यसो भएमा लगानी पाउने कम्पनीको संख्या बढ्नेछ।
 
‘नियमनकारी प्रावधान आएपछि हाम्रो कम्पनीले २० प्रतिशत राख्ने र बाँकी ८० प्रतिशत चाहिँ त्यही पुलबाट जेनेरेट गर्ने सोच छ, उनले भने। नियमन आइसकेपछि उनीहरुलाई ‘रिस्क र रिटर्न’ दुबैमा सहभागी गराउने उनले बताए।
 
टिएनएले लगानी गर्दा कम्पनीले पाएको पैसा यो यो काममा लगाउँछु भनेर प्रतिबद्धता जनाएको हुन्छ। त्यस अनुरुप काम गरे/नगरेको समेत अनुगमन गर्ने जोशीले बताए।
 
निजी क्षेत्रको आँखाबाट हेर्दा आफुले थालेको काम नौलो भए पनि सहकारी अवधारणमा यसअघि पनि यसरी व्यवसाय विस्तार भएको जोशी बताउँछन्। ‘गाउँमा खोलिने कृषि सहकारीहरुले आफ्ना सदस्यलाई लगानीदेखि प्राविधिक ज्ञानसम्म दिइरहेका हुन्छन्, उनले भने- निजी क्षेत्रको प्रवर्धन र व्यवसायीक अवधारणमा मात्र यो नौलो हो।’
 
आफुले दुई दशक बढि बैंकिङमा सिकेको अनुभव अहिले काम लागेको उनले बताए। बैंकिङ र अहिले गरेको काम केही मिल्दो जुल्दो पनि छ। 
 
दुबै भूमिकामा उनी व्यवसाय विस्तारकै लागि स्रोत उपलब्ध गराउँदैछन्। तर, हिजो त्यसका लागि मनग्ने धितो हुन्थ्यो। अहिले धितो होइन, विश्वास मात्र हुन्छ। आफुले लगानी गरेको कम्पनीलाई बेला बेला पानी हाल्नेदेखि गोडमेलसम्मको काम पनि उनले गर्नु पर्छ।

Tata
GBIME
Nepal Life