नाकाबन्दीलार्इ कतारको प्रत्युत्तर, अमेरिका र अष्ट्रेलियाबाट ४ हजार गाइ प्लेन चढेर कतार

बिजमाण्डू
२०७४ जेठ ३१ गते १४:१२ | Jun 14, 2017
नाकाबन्दीलार्इ कतारको प्रत्युत्तर, अमेरिका र अष्ट्रेलियाबाट ४ हजार गाइ प्लेन चढेर कतार
दोहा। खाद्यान्न तथा दूग्ध पदार्थमा साउदी अरेबियाको भर पर्दै आएको कतार नाकाबन्दीपछि विकल्पहरु खोजिरहेको छ। सरकारको यहि समस्या समाधानका लागि एक कतारी ब्यवसायीले रमाइलो उपाय अपनाएका छन्।
 
कतारका एक ब्यापारीले  अमेरिका र अष्ट्रेलियाबाट ४ हजार होलिस्टेन जातका गाइलार्इ प्लेन चढाएर कतार ल्याउन लागेका छन्।  


 
कतारमा ठूला ठूला मलहरु बनाउँदै आएको कन्स्ट्रक्सन कम्पनी पावर इन्टरनेशनल होल्डिङका अध्यक्ष रहेका मोताज अल खयातले देशको संकट समाधानका लागि पहल स्वरुप डेरी उत्पादन कम्पनी खोल्न ति गाइहरु आयात गर्न लागेका हुन्। 
 
ब्लुमबर्गका अनुसार वृहद गाइ फर्म खोलेर देशमा डेरी प्रोडक्टहरुको अभाव हुन नदिन आफ्नो तर्फबाट सानो पहल गरेको खयातले  बताए।  
 
४ हजार गाइहरु कतार भित्र्याउनकालागि कतार एयरवेजले कम्तीमा पनि ति देशहरुबाट ६० पटक उडान भर्नुपर्ने हुन्छ।  एउटा स्वस्थ होलिस्टेन गार्इ कम्तीमा पनि ५९० किलोग्रामको हुन्छ। यति धेरै गाइहरुलार्इ यसरी एयरलिफ्ट गराएर ल्याइएको अहिलेसम्मकै ठूलो एयरलिफ्ट हुने बताइएको छ।  गार्इहरु किनिसकिएको छ र एयरलिफ्टको लागि सबै तयारी पूरा भैसकेको छ। 
 
खयात भन्छन्- ‘गाइहरुलार्इ एयरलिफ्ट गराउने कदम साउदी अरेवियाले लगाएको नाकाबन्दीको प्रत्युत्तर हो।’ 
 
दोहाबाट ५० किलोमिटर उत्तरमा ति गार्इहरुलार्इ राख्नको लागि फार्म निर्माण भैसकेको छ । जुन महिनाको अन्त्यसम्ममा कतारमै दूध उत्पादन सुरु हुने छ भने जुलाइको मध्यसम्ममा दूधको घरेलु मागको एक तिहाइ माग आन्तरिक स्रोतबाटै पूरा हुने बताइएको छ।
 
अहिलेसम्म दूध र खाद्यान्नमाथि साउदी अरेबियमामाथि निर्भर  रहँदै आएको कतार एक हप्ता अघि लागेको नाकाबन्दीपछि संकटमा छ। तर नाकाबन्दीका बेला पनि सरकारले नागरिकलार्इ खाद्यान्न तथा तरकारीहरु सहज रुपले उपलब्ध गराउँदै आएको छ।  इरानबाट फलफूल तथा तरकारी आयात हुन थालेको छ भने टर्कीबाट डेरी उत्पादनहरु भित्र्याइरहेको छ।  
 
कतारको केन्द्रीय बैंकले आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरु सामान्य रुपमा चलिरहेको बताएको छ। सरकारले आफ्ना नागरिकलार्इ नाकाबन्दीको महसुस हुन दिएको छैन। दैनिकी सामान्य रुपमा चलिरहेको छ । 
 
सन् २०२२ मा कतारमा विश्वकप फूटबलको आयोजना गर्न लागेको कतारले यसको तयारीमा हप्ताको ५० अर्ब भन्दा बढी रुपैयाँ खर्च गरिरहेको छ ।
 
संसारकै सबैभन्दा धेरै प्रतिब्यक्ति आय भएको मुलुक कतारका नागरिकहरुले नाकाबन्दीलार्इ चुनौतीको रुपमा लिएर आत्मनिर्भर हुने बाटो खोजिरहेका छन्। मरुभूमिको देश कतार ‘भिजन २०३०’ अनुसार सन् २०३० सम्ममा खाद्यान्नमा आत्मनिर्भर हुने योजना कार्यान्वयनमा लागेको छ। 

Tata
GBIME
Nepal Life