भारतले सन्सारकै तेस्रो ठूलो पेट्रोलियम रिफाइनरी खोल्यो, ४० अर्ब डलर लगानी, निर्यात लक्ष्य

बिजमाण्डू
२०७४ असार १ गते ११:२८ | Jun 15, 2017
भारतले सन्सारकै तेस्रो ठूलो पेट्रोलियम रिफाइनरी खोल्यो, ४० अर्ब डलर लगानी, निर्यात लक्ष्य
काठमाडौं। भारतीय सरकारको स्वामित्वमा रहेको इण्डियन आय कर्पोरेसन (आइओसी), भारत पेट्रोलियम कर्पोरेसन (बिपिसिएल) र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन (एचपिसिएल) ले महाराष्ट्रको रत्नागिरिमा सबैभन्दा ठूलो पेट्रोलियम रिफाइनरी कम्पनी खोल्ने भएको छ। 
 
कम्पनी स्थापना गर्ने बारे सम्झौता भएको छ। कम्पनी ४० अर्ब डलर लागतको हुने छ। 
 
आइओसीका अध्यक्ष सञ्जिब सिंहले रिफाइनरी कम्पनीमा ५० प्रतिशत सेयर स्वामित्व आफ्नो हुने जानकारी दिँदै दुई कम्पनीको २५/२५ प्रतिशत सेयर स्वामित्व हुने बताए। बुधबार साँझ तीन वटै कम्पनीबीच संयुक्त लगानीका लागि सम्झौता भएको हो। 
 
सम्झौतापत्रमा आइओसी अध्यक्ष सिंह, एचपिसिएलका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेशकुमार सुराना र बिपिसिएलका अध्यक्ष तथा प्रबन्धक निर्देशक डि राजकुमारले हस्ताक्षर गरेका छन्।
 
सम्झौता कार्यक्रममा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले नयाँ रिफाइनरी कम्पनी अमेरिका र चीनपछि तेस्रो ठूलो कम्पनी हुने बताए। 
 
भबिस्यमा इन्धनको माग र अन्तर्देशीय निर्यातको सम्भावनालाई हेरेर रिफाइनरी कम्पनी खोलिएको उनले जानकारी दिए। रिफाइनरी र यसको मेगा पेट्रोकेमिकल कम्प्लेक्स दुई फेजमा निर्माण गरिने छ। पहिलो फेजमा ४ करोड टन क्षमताको एरोम्याटिक कम्प्लेक्स, क्र्याकर र पोलिमोर कम्प्लेक्स बनाइने छ। पहिलो फेज निर्माण भूमि अधिग्रहण गरेको समयदेखि ५/६ बर्षभित्र सम्पन्न गरिने छ।
 
पहिलो फेजमा तीन वटा युनिट हुन्छ, जसमा प्रत्येक युनिटको क्षमता दुई करोड टनको हुने छ। त्यसपछि दोस्रो फेज निर्माण सुरु हुने छ।
(एजेन्सी सहयोगमा)

Tata
GBIME
Nepal Life