जंगल सफारी लजको चितवनमा २४ घण्टा योजना, साढे १२ हजारको प्याकेजमा हवाइ यात्रा सहित चितवन घुमाउने

बिजमाण्डू
२०७४ असार १ गते १३:२८ | Jun 15, 2017
काठमाडौं । चितवन सौराहा स्थित जङ्गल सफारी लजले आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी ‘चितवनमा २४ घण्टा’ योजना ल्याएको छ। असार १ देखि भदौ मसान्तसम्म लागु हुने योजना अन्तर्गत पर्यटकले एक रात दुई दिनको प्याकेजमा २४ घण्टा भित्रै चितवन घुम्न पाउने जनाइएको छ।
 
प्याकेजमा सहभागी हुनेले काठमाडौं-भरतपुर-काठमाडौं दोहोरो हवाई यातायात, एअरपोर्टबाट पिक अप ड्रप, लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी सुविधा पाउने लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।

Tata
GBIME
Nepal Life

उनका अनुसार पर्यटकले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्। मुग्लिन नारायणघाट सडक खण्डको निर्माण कार्यले गर्दा चितवनमा पर्यटकको संख्यामा कमी आएको अवस्थामा यो योजना ल्याएको उनको भनाइ छ।
 

‘हामीले बैकल्पिक मार्ग, विशेषत हवाई मार्ग भएर चितवन आउने पर्यटकहरुलाई लक्षित गरी यो योजना ल्याएका हौँ’ उनले भने। सहुलियत मूल्यमा पूर्ण वातारण अनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ। नेपालीलाई प्रतिव्यक्ति १२ हजार ५०० रुपैयाँ, सार्क मुलुकका जनताले भारु १३ हजार र तेस्रो मुलुकका नागरिकले अमेरिकी डलर ४०० तिर्नपर्ने उनले बताए।