भक्तपुरमा यति कार्पेट उद्योगमा भीषण आगलागी, आठ घन्टादेखि नियन्त्रणको प्रयास जारी

बिजमाण्डू
२०७४ असार ४ गते ०७:५३ | Jun 18, 2017
काठमाडौँ। भक्तपुरको सल्लाघारी नजिकैको इटापाखास्थित यति कार्पेट उद्योगको गोदाममा शनिबार रातिदेखि सुर भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। शनिबार राति करिव ११ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास आठ घन्टादेखि जारी छ। 
 

 
जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले आगलागी इतिहासकै सवैभन्दा ठूलो भएको बताए। भट्टराईका अनुसार जुद्ध वारुणसहित उपयत्यकाका सवै दलकल आगलागी नियन्त्रणका लागि परिचालित गरिएका छन्।  
 
आगलागी नियन्त्रणका लागि सेना, प्रहरी तथा स्थानीयको प्रयास जारी छ।विद्युत सप्लाइमा भएको गडबडिका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तस्बिर : किशोर भट्टराई
 

Tata
GBIME
Nepal Life