फक्सवागनको गाडी बिग्रियो ? चिन्ता नगर्नुहोस, ९८०१३४४२९९ हटलाइनमा फोन गर्नुस

बिजमाण्डू
२०७४ असार ५ गते १९:५५ | Jun 19, 2017
काठमाडौं।फक्सवागनको नेपालको अधिकृत बिक्रेता पुजा इन्टरनेशनलले मनसुन अफर ल्याएको छ।

यो अफर अन्तर्गत ग्राहकले नयाँ पोलो र भेन्टोमा चार वर्षसम्मको स्पेयर्स र सर्भिस निशुल्क पाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो योजना सिमित अवधिका लागि लागु हुने कम्पनीले जनायो।यो वाहेक कम्पनीले विहान सात बजेदेखि साँझ सातबजेसम्म सर्भिस, स्पेयर मूल्यमा ३३ प्रतिशतसम्म छुट र  २४ घण्टा सेवाका लागि हटलाइन मोबाइल समेत दिएको छ।

कम्पनीका अनुसार ९८०१३४४२९९ हटलाइन सेवा सुरु गरेको भएको छ जसमा फोन गरेर २४ घण्टानै सर्भिसिङ सेवा पाइनेछ।फक्सवागन जर्मनीबाट प्रशिक्षित दक्ष टोलीको सुपरीवेक्षण र डोर स्टेप पिक एण्ड ड्रप सेवा दिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कम्पनीका सिइओ विवेक विजुक्छेले सर्भिसिङमा नेपालको अटोमोबाइलमा उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गरे।