चितवन । रेनोल्ट कारको चितवनका आधिकारिक बिक्रेता युनाईटेड अटो कर्न्सनले दुर्इ दिने नि:शुल्क समर सर्भिस क्याम्प सुरु गरेको छ।
नेपालमा छोटो समयमै लोकप्रिय बनेका रेनोल्टका गाडीको बिक्री चितवनमा समेत राम्रो बजार लिन सफल भइसकेको छ।चितवनमा ७० वटा गाडी बिक्री भएका छन्।कम्पनीका प्रवन्ध निर्देशक राजन पियाले ग्राहकको मागलार्इ ध्यान दिएर निशुल्क सर्भिस क्याम्प सुरु गरेको बताए।कम्पनीका म्यानेजर संजीब अधिकारीले पहिलो दिन ३२ वटा गाडी सर्भिसिङ गराएको बताए।
रेनोल्टको नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल हो।विशाल समूह अन्तर्गतको यो अटोमोबाइलले एग्रेसिभ रुपमा बजार बिस्तार गरिरहेको छ।काठमाडौंपछि चितवन साना गाडी बिक्रीको लागि राम्रो बजार पनि हो।यो सर्भिसिङमा कम्पनीले पाटर्स र लुब्रिकेन्टमा १५ प्रतिशत छुट दिएको छ।
रेनोल्टमा इन्जिनियरिङ, स्टाइल, सुरक्षा र आरामदायी सुविधालाई प्राथमिकता दिएकोले नेपालीले ग्राहकले रुचाएका छन्।रेनोल्टको डस्टर र क्वीड गाडीले उपभोक्ताको मन जितेको छ।