उपत्यका वाहिर पनि फेयरफिल्ड मेरियट होटल खुल्ने, तीन वर्षमा सक्ने लक्ष्यसहित जग्गा खोजी

बिजमाण्डू
२०७४ असार ६ गते १७:२५ | Jun 20, 2017
उपत्यका वाहिर पनि फेयरफिल्ड मेरियट होटल खुल्ने, तीन वर्षमा सक्ने लक्ष्यसहित जग्गा खोजी
काठमाडौं।एमएस ग्रुपले उपत्यका बाहिर अन्तर्राष्ट्रिय चेन होटल मेरियट ब्राण्डमा होटल खोल्ने भएको छ।

Tata
GBIME
Nepal Life

यो समूहले उपत्यका वाहिर पोखरा, जनकपुर वा बुटवलमा म्यारियटको अर्को चेन होटेल खोल्ने भएको हो।उपत्यका वाहिर होटल खोल्नका लागि नेदरल्यान्डको डच डेभलपमेन्ट बैंकले लगानी गर्ने टुंगो समेत भइसकेको छ।यो बैंकले उपत्यका वाहिर खोल्ने होटलका लागि लगानी गर्न तयार भएको समूहका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले बताए।

उनले बैंकले उपत्यका वाहिर होटल खोल्नका लागि यो समूहलार्इ (२७ लाख ५० हजार डलर)२७ करोड ५० लाख रुपैयाँ लगानी गर्न सहमत भइसकेको बताए।'हामीले होटेलको प्रि फिजिविलिटी स्टडीका  लागि ठाउँ हेर्दैछौं अग्रवालले विजमाण्डूसँग भने जग्गा र पर्यटको चापका आधारमा हामीले नयाँ चेन होटेलको निर्माणको स्थान छनौंट गर्नेछौ।'
 

उनले उपत्यका बाहिरसमेत एकसय १५ कोठाको तीनतारे होटेल बनाउने बताउँदै होटल निर्माणमा एक अर्ब लाग्ने बताए।अग्रवालले तीन वर्षभित्र होटल निर्माण गरिसक्ने लक्ष्य लिएको बताए।यो समूहले निर्माण गरेको मेरियट फेयरफिल्ड ठमेलमा संचालन आइसकेको छ।यही समूहले यो समूहले नागपोखरीमा पनि अर्को होटल निर्माण गरिरहेको छ। पाँच तारे डिलक्स होटलका रुपमा निर्माण भैरहेको यो होटल पनि म्यारियटकै चेनमा सञ्चालन हुनेछ। दुई सय कोठाको यो होटलमा भने एमएम समूहले तीन अर्ब रुपैयाँ लगानी गर्दैछ।
 
ठमेलको मेरियटमा आइएफसीको लगानी
 
ठमेलमा संचालनमा आएको फेयरफिल्ड मेरियट होटल

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको होटेल तथा पर्यटन क्षेत्रमा २७ लाख ५० हजार डलर)२७ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
 

आइएफसीले नेपाल हस्पिटालिटी एण्ड होटेल प्रालिले ठमेलमा निर्माण गरेको फेयरफिल्ड मेरियट काठमाडौंमा लगानी गरेको हो। नेपाल चेन निर्माणका लागि उक्त रकम लगानी गरेको हो।एमएस समूहले निर्माण गरेको फेयरफिल्ड मेरियट एकसय १५ वटा कोठा छन्। तीनतारे होटेल यो होटल संचालनमा आइसकेको छ। यो म्यारियट फेयरफिल्ड ब्राण्डमा सञ्चालन आएको नेपालको पहिलो होटल हो।
 
यो होटेलले हस्पिटालिटी क्षेत्रवाट नेपालले आर्थिक क्षेत्रमा सुधार हुने र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बन्ने आइएफसीले विश्वास लिएको छ। नेपालमा मध्यमस्तर र उच्चस्तरका विदेशी पर्यटक भित्र्याउनका लागि यो होटेलले सहयोग गर्ने आइएफसीकी नेपाल प्रमुख वेन्डी वार्नरले बतार्इन्।

 उनले आइएफसीले दुईबर्ष अघि नेपालमा गएको महाभूकम्पलाई मध्यनजर गर्दै थप लगानीका क्षेत्रमा हात हालेको बताउँदै नेपालको विकासका लागि र जोखिमपूर्ण अवस्थामा रहेका सम्पदाहरुमा थप लगानी गर्न आइएफसी तयार रहेको बतार्इन्।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपालमा पर्यटन उद्योग खोल्नका लागि कुनै समस्या नरहेको बताउँदै राष्ट्र बैंकबाट डलर सटही तथा अन्य सेवा चुस्त बनाइने प्रतिवद्धता व्यक्त गरे।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रमा लगानी विस्तार भइरहेको बताउँदै पाँचबर्षभित्र नेपालले २० लाख पर्यटक राख्न सक्षम हुने बताए।