भूकम्प पीडितको ट्याक्सीमा महानगरको रेडसिग्नल, राजधानीमा थप ट्याक्सी चलाउन रोक लगाउने निर्णय

बिजमाण्डू
२०७४ असार ६ गते २१:१० | Jun 20, 2017
भूकम्प पीडितको ट्याक्सीमा महानगरको रेडसिग्नल, राजधानीमा थप ट्याक्सी चलाउन रोक लगाउने निर्णय
काठमाडौ।काठमाडौं महानगरपालिकाले भूकम्प पीडितका लागि वितरण गर्न लागिएको ट्याक्सी उपत्यकामा संचालन गर्न नदिने भएको छ।

Tata
GBIME
Nepal Life

महानगरपालिकाको मंगलबार बसेको बैठकले राजधानीको बढ्दो ट्राफिक जामका कारण भूकम्प पीडितलार्इ दिने भनिएको ट्याक्सी उपत्यकाभित्र संचालनमा रोक लगाउनुपर्ने निर्णय गरेको छ।बुधवार चिठ्ठा तानेर भूकम्प पीडितलार्इ ट्याक्सी दिने तयारी यातायात व्यवस्थापन विभागले गरेको छ।

महानगरपालिकामा जननिर्वाचित मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र थप ट्याक्सी संचालन गर्न दिन नसकिने बताए।
 
‘काठमाडौ उपत्यकामा बढ्दो ट्राफिक जाम बढ्दो छ । शहरी प्रदुषण बढेको छ। पार्किङ क्षेत्रको अभाव रहेको भन्दै १५ सय ट्याक्सी थप चलाउँदा समस्या हुने देखिएको छ,उनले भने, तर उपत्यका बाहिर भने सञ्चालन गर्न सकिन्छ।‘तर विभागले भने महानगरपालिकाको निर्णयको कुनै अर्थ नरहेको जनायो।
 
यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले अन्तिम समयमा आएर महानगरपालिकाले गरेको निर्णयले कुनै कानुनी अर्थ नराख्ने बताए।
‘एक साता अघि महानगरले यो विषयमा चासो राखेको भए विचार गर्न सकिन्थ्यो होला,उनले भने,सबै तयारी सकिएकाले बुधबारबाट ट्याक्सी नम्बर दिन सुरु हुन्छ।मन्त्रीपरिषद्बाटै निर्णय भएकोले संचालनमा कुनै समस्या छैन।‘  महानगरपालिकाले उपत्यकाका सबै ट्याक्सी मिटरमा गुडाउनुपर्ने बाध्यात्मक व्यवस्था गर्ने भएको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा मिटरमै चलाउन बाध्यकारी गरिने मेयर शाक्यले बताए।