कसरी बन्ने सफल? महिलाभन्दा पुरुषलाई जोखिम मोल्न हार्मोनकै साथ

बिजमाण्डू
२०७४ असार ७ गते ११:२९ | Jun 21, 2017
कसरी बन्ने सफल? महिलाभन्दा पुरुषलाई जोखिम मोल्न हार्मोनकै साथ
बिजनेस लिडरहरु जोखिम बहनलार्इ जीवनकै अभिन्न पाटो मान्छन्। अरुभन्दा अगाडी जान जोखिम बहन गर्ने उच्च क्षमता राख्छन्। यो नै उनीहरुको ‘स्टाइल’ हो। 
 
बिन्ता नियाम्बी ब्राउनका लागि कर्पोरेट कानुनविद् बनेर सहज जीवन विताउनमा कुनै जोखिम थिएन। तर, उनले आफूलार्इ फरक बाटोमा उभ्याइन्।  सन् २०१३ मा उनले आफूलार्इ कर्पोरेट बजारमा त उभ्याइन् तर जागिरेको रुपमा होइन।  उनी आफ्नै बिजनेस सुरु गर्न चाहन्थिन्। बजार यति प्रतिश्पर्धी थियो कि उनले त्यहाँ निकै ‘टफ’ समय बताइन्। सन् २०१५ मा उनले न्यूयोर्कको ब्रुकलिनमा फेरमाटा इन्टरटेनमेन्ट लञ्च गरिन् जसले प्रोडक्सन तथा आर्टिस्ट म्यानेजमेन्टको काम गर्थ्यो। त्यस लगत्तै उनले ‘बिग माउथ रेकर्ड’ नामको रेकर्ड लेवल बुटिक संचालन गरिन्।

Tata
GBIME
Nepal Life


 

उनी भन्छिन् –‘म कुनै पनि रेकर्ड कम्पनीको एक्ज्युकेटिभ भएर काम गर्न सक्थें। र, सामान्य तर सुविधायुक्त जीवन बाँच्न सक्थें। तर, मभित्र केही नयाँ काम गर्ने हुटहुटी थियो। केही जोखिम लिएरै भएपनि सफलता हासिल गर्न चाहन्थें।’
 
गत वर्ष उनको रेकर्ड लेबलले पहिलो ग्रामी अवार्ड जित्यो। त्यसका साथै उनका कम्पनीले उत्पादन गरेको गीतहरु दशौं लाखपटक इन्टरनेटबाट स्ट्रिमिङ भैसकेको छ। उनी सपना पछ्याउनेहरुका लागि उत्साहजनक उदाहरण बनेकी छिन्। 
 
परम्परागत ढंगमा चल्न नचाहनेहरुले थोरै जोखिम उठाएर फरक बाटो चुन्न सक्छन् र त्यसमा सफल पनि हुन सक्छन्। अहिलेको विश्वमा  जागिर खाने परम्परागत प्याटर्नमा परिवर्तन भैसकेको छ। कमै मात्र जागिरमा स्थायी भन्ने हुन्छ। विकासशील देशहरुमा सरकारी जागिरलार्इ सुरक्षित र जोखिमरहित मानिन्छ तर विकसित अर्थतन्त्रमा स्थायी जागिर भन्ने नै हुन्न। जहिलेसम्म आफूलार्इ अब्बल प्रमाणित गर्न सकिन्छ त्यसबेलासम्म जागिरमा स्थायित्व हुन्छ। त्यसैले त्यस्तो वातावरणमा अघि बढ्न जोखिमहरु त उठाउनै पर्छ।
 
म्यासाचुसेट्स इन्स्टच्यूट अफ टेक्नोलोजी स्लोअन स्कुल अफ म्यानेजमेन्टका सिनियर लेक्चरर बिल औलेट पनि जोखिम उठाउनुपर्ने कुरामा विश्वास गर्छन्। जोखिमरहित भएर अघि बढ्ने चाहना परम्परागत ‘प्याट्रन’ रहेको उनको भनाइ छ। ‘सबैले त्यसरी नै चल्न चाहन्छन् र सबैले जे गर्छन् त्यसकै पछि लाग्नु त झन् जोखिमपूर्ण कुरा हो। रिस्क टेकर्स त हुनैपर्छ’, उनी भन्छन्–‘परिणाम चाहे राम्रो होस् वा नराम्रो साहसीहरुले आफूलार्इ त्यसमा हामफाल्नका लागि मानसिक रुपले तयार गरेका हुन्छन्।’ 
 
यस्ता जोखिमपूर्ण काम गर्नेहरुका सामान्य कथा मात्र बनेका छैनन् इतिहास नै रचेका उदाहरण पनि छन्। जस्तै इलोन मस्क जसले सन् २००८ मा झण्डै टाट उल्टिन लागेको उनको कम्पनी टेस्ला र स्पेस एक्सलार्इ कसरी अर्बौं डलर इन्टरप्राइजको रुपमा बिकास गरे भन्ने घटनाक्रम दस्तावेजकै रुपमा कर्पोरेट सेक्टरको लोभलाग्दो उदाहरण बनेको छ। 
 
विश्वस्तरबाटै हेर्दा जोखिम बहन गर्नुलार्इ आश्चर्यजनक रुपमा लिनुपर्ने केही छैन। कुनै पनि इन्टरप्राइज सुरु गर्दा ‘गो-बिग’ वा ‘गो-होम’ भन्ने ‘स्टार्ट-अप कल्चर’ कर्पोरेट सेक्टरमा देखिइसकेको छ। ठूलो जोखिम बहन गर्नेले नै ठूलो प्रतिफल पाउँछ भन्नेमा सबै मानसिक रुपमा तयार भैसकेका छन्।


 

फेसबुकका संस्थापक मार्क जुकरबर्ग भन्छन् –‘जो जोखिम लिदैँनन्, उनीहरु ग्यारेन्टीका साथ असफलताको बाटो लम्किरहेका हुन्छन्।’
 
तर, यसो भन्दैमा सबैम जोखिम बहन गर्न सक्ने क्षमताका हुँदैनन्। आखिर मानिसलार्इ के ले जोखिम बहन गर्न सक्ने बनाउँछ त ? व्यक्तिले सहज रुपमा कुनै पनि कुरामा अघि बढेर काम गर्न उसका शारीरिक अवयवहरुले मात्र साथ दिएर पुग्दैन उ हुर्केबढेको समाज, उसले भोगेको परिवेश, उसले पाएको संस्कार सबै कुराले असर गर्छ। 
 
शारीरिक रुपमा सक्षम हुनु महत्वपूर्ण पाटो हो। अध्ययनहरुले के देखाएको छ भने ब्यक्तिको शरीरको ‘टेस्टोस्टेरोन हार्मोन’को स्तरले पनि जोखिम बहन गर्न सक्ने क्षमतालार्इ प्रत्यक्ष असर गर्छ।
 
पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोनको स्तर महिलाहरुको भन्दा बढी हुने गर्छ त्यसकारण पुरुषहरु महिलाको तुलनामा बढी जोखिम बहन गर्न जुझारुपन देखाउँछन्। जोखिम लिने चाहाना महिला र पुरुष दुबैमा समान देखिएपनि पुरुषहरुको कार्यदक्षता बढी देखिने गर्छ। 


 

लण्डनकी न्यूरोसाइन्टिस्ट तथा लिडरसिप कोच डाक्टर तारा स्वार्ट भन्छिन् –‘जब मानिस कुनै युद्ध मैदानमा भिड्ने  जोखिम बहन गर्छ त्यसबेला उसको टेस्टोस्टेरोन लेभलमा निकै बृद्धि भएको हुन्छ र मानिस अझ बढी आत्मविश्वासी हुने गर्छ। तर जब उसले सूरुवातमै असफलता हात पार्छ अनि उसको टेस्टोस्टेरोन लेभल पनि तल झर्छ।’ 
 
वास्तवमा मानिसको दिमागले नै धेरै जोखिम लिनका लागि मानिसलार्इ निषेध गरिरहेको हुन्छ।  मानिसलार्इ दिमागले पुराना असफलताहरु वा अनिश्चितता स्मरण गराइराख्छ जसले गर्दा उ जोखिम बहन गर्न सक्दैन। मानिसले कतिसम्म जोखिम लिन सक्छ भन्ने कुरा मानिसको बिगतका अनुभव र त्यससंग जोडिएका संवेदनाहरुले पनि निर्धारण गर्छ। विगतमा पनि उसले जोखिम मोलेर गर्दा सफलता हात लागेको छैन भने उ अर्को पटक जोखिम मोल्ने बेला दोधारमा पर्छ। काम गरौं कि नगरौं भन्ने द्वैध मानसिकताले उसलार्इ गाँजिरहेको हुन्छ।
 
यस्तै परिवार र अभिभावकत्वले पनि मानिसले कतिसम्म जोखिम लिनसक्छ भन्ने निर्धारण गर्छ। यदि कुनै मानिसले सानैदेखि चुनौतीपूर्ण जीवन बिताएको छ भने उ जोखिमहरुसंग डराउँदैन । यसैगरी कल्चरल फ्याक्टरहरु पनि हुन्छन् । मानिस जुन समाज वा समूहमा रहेको हुन्छ त्यस समाजको मूल्यमान्यताले उसलार्इ कस्तो प्रभाव पारेको हुन्छ त्यसबाट उसले कत्तिको जोखिम लिन सक्छ भन्ने कुराको निर्धारण हुन्छ। केही कुराहरु माहौलले पनि तय गर्छ । उदाहरणकालागि सिलिकन भ्यालीमा काम गर्ने मान्छेले जोखिम लिनु भनेको अति साधारण कुरा हो। त्यो ठाँउ नै यस्तो हो जहाँ जोखिम लिन नसक्ने मानिस प्रवेश गर्नै सक्दैन। सिलिकन भ्यालीमा स्टार्टअप गरेर सफलता पाउन जो कोहीले पनि जोखिम मोल्नै पर्छ।
 
सबैमा जोखिम बहन गर्न सक्ने प्राकृतिक गुण हुँदैन। अर्थात नेचुरल रिस्क टेकर सबै बन्न सक्दैनन्। तर केही सामान्य तरिकाहरु छन् जसबाट मानिसहरुलार्इ जोखिम लिन सहज बनाउन सकिन्छ। मनोविदहरुसंग परामर्श गरी केही हदसम्म मानिसले मानसिक रुपमा आफूलार्इ जोखिम बहनका लागि तयार गर्न सक्छ।  


 

स्वार्ट मष्तिष्कलार्इ शून्य अर्थात् ‘साइलेन्स’ राख्न प्रयास गर्नुपर्ने सुझाव दिन्छिन्। यी प्रक्रियाले मानिसको दिमागलार्इ धेरै सोच्नबाट ध्यान अन्त मोड्छ। ‘ब्रेन च्याटर’ अर्थात दिमागको ‘बकबक’लार्इ कम गर्नकालागि दिमागलार्इ चुप लगाउने प्राक्टिस महत्वपूर्ण हो। हिँड्दा, खाँदा वा सास फेर्दा पनि मानिसले कुनै आवाज, दृश्य वा कुनै शारीरिक क्रियामा ध्यान एकाग्र गर्नसकेको खण्डमा चिन्ता वा तनावबाट मुक्त हुन सघाउने उनी बताउँछिन्।  
 
दिमागलार्इ शान्त राख्न गरिने यस्ता  क्रियाकलापले मानिसलार्इ स्वस्थ जीवनशैलीतर्फ लैजान्छ । यसबाट मानिसको शरीरबाट उत्पन्न हुने स्ट्रेस हर्मोनहरु ‘एड्रेनालिन’ र ‘कोर्टिसोल’को उत्पादनमा नियन्त्रण  हुन्छ। हर्मोनहरुको उत्पादन नियन्त्रण भएमा मानिसले जोखिम बहन गर्दा स्ट्रेस न्यून हुन्छ र प्रेसर उत्पन्न हुन दिँदैन।
 
मानिसले दिमाग शान्त राख्न सक्यो भने स्ट्रेस हर्मोनहरुको लेभल कम हुन्छ । यसबाट उत्साहपूर्ण दिमागले निर्णयहरु लिन सक्ने क्षमता बढ्छ। यस्तै जोखिमपूर्ण निर्णयहरु लिनका लागि  मानिस सक्षम हुन्छ।
 
हार्वर्ड मेडिकल स्कूलका साइकियाट्रीका प्रोफेसर तथा ‘थिंक लेस – लर्न मोर’ पुस्तकका लेखक स्रिनी पिलाइका अनुसार मानिसको बायोलोजीले भन्दा पनि वाह्य कारणहरुले जोखिम बहन गर्ने क्षमता निर्धारण गर्छ। मानिसलार्इ शारीरिक तत्वहरुले एकदम न्यून र बातावरणीय तत्वहरुले धेरै नै असर गरिरहेको हुन्छ।
 
यस्ता एन्जाइटीहरुबाट बच्नकालागि  मष्तिष्कमा शून्यता सिर्जना गरेर र छरिएको दिमागलार्इ एकत्रित गर्नुपर्ने सुझाव उनी दिन्छन्। मानिसको सचेत दिमागले लक्ष्यमा केन्द्रित हुन तथा बिगतबाट पाठ सिकेर सही निर्णय लिन प्रशिक्षित गरेको हुन्छ। तर पिलाइका अनुसार धेरै न्यूरोसाइन्टिस्टहरु के विश्वास गर्छन् भने ९० देखि ९८ प्रतिशतसम्को मानसिक क्रियाकलापहरु अवचेतन दिमागमा नै भैरहको हुन्छ। 
 
जोखिम बहन गर्ने क्षमताको विकासका लागि मानिसले आफ्नो अवचेतन दिमागलार्इ हावी हुन दिनुपर्छ। यसबाट दिमागले आइडियाहरु ‘कनेक्ट’ गर्न र पुरानो स्मरणहरुलार्इ ‘क्याच’ गर्न मद्दत गर्छ। उनका अनसार सुसुप्त अवस्थाको दिमागलार्इ जगाउन आराम गर्ने अनि एकछिन झुपुक्क निदाउने अर्थात न्याप लिने जस्ता काम गर्न सकिन्छ। 
सन् २०१६ मा भएको एक अध्ययनले के देखाएको छ भने कुनै पनि बिजनेस लिडर कडा स्वभावको लाइब्रेरियनको जस्तो हुनुभन्दा कवि जस्तो कोमल स्वभावको हुनु फाइदाजनक हुन्छ। केही असामान्य र कमलो हृदयका मानिसहरु जोखिम बहन गरी समस्या समाधान गर्न बढी सफल हुने अध्ययनमा छ। 
 
पिलाइ भन्छन्- ‘मानिसको दिमाग जोखिम लिने वा स्थायित्व दुबै बहन गर्ने किसिमले डिजाइन भएको हुन्छ। तर हरेक अवस्थामा दिमागलार्इ सन्तुलनमा राख्न सक्नु चुनौतीपूर्ण कुरा हो।’


पहिले जोखिम बहन गर्दाको इतिहास र खराब अनुभूतिहरु बिर्सन निकै गार्हो पर्छ। कहिलेकाहिँ जोखिम बहनका विषयमा परिवार, साथीभाइ वा समकक्षीहरुको सोच अपरिवर्तनिय समेत हुन्छ । तर मानिसले उनीहरुको सोचाइ प्रति आफूले देखाउने प्रतिक्रिया भने परिवर्तन गर्न सक्छ। 
अनिश्चितताले मानिसलार्इ कसरी प्रभाव पार्छ भन्ने सानो उदाहरण हेरौं। 
 
यदि कुनै मानिसलार्इ कुनै मेजर इभेन्टमा भाषण गर्न भन्यो भने उ तनावमा पर्छ । त्यस भाषणले उसको करियरमा राम्रो प्रभाव पार्ला तर भाषणका क्रममा बोल्दा बिगारें भने करियर नै चौपट हुनसक्छ भन्ने भयले उसमा तनाव पैदा गर्छ। तर यस्तो अवस्थामा केही पूर्व तयारी भयो भने आफ्नो मानसिक अवस्था र सोचाइलार्इ सहजता दिन मानिस सक्षम हुन्छ र अरुले के भन्लान् भन्नेतिर ध्यान दिइ आफ्नो परफरमेन्स देखाउन थाल्छ। 
 
साइकोथेलापिस्ट डिना गुडम्यान उच्च तहका प्रोफेसनलहरुलार्इ उनीहरुको सोचाइमा परिवर्तन ल्याउन र जोखिम बहनका लागि सहज बनाउन प्रशिक्षण दिन्छिन्। मानिस अनियन्त्रित भयो भने मनोबल गिर्ने किसिमका सोचाइहरु दिमागमा हावी हुन्छन् त्यसैले आफ्नो सोचाइमा नियन्त्रण राख्नकालागि खराब भित्रपनि राम्रा कुराहरु के के होलान् भनेर खोज्नमा आफूलार्इ फोकस गर्नुपर्छ।
 
अब के होला भन्ने डरले नै मानिसलार्इ  तनावमा लैजान्छ। गुडम्यान आफ्ना क्लाइन्टहरुलार्इ उनीहरुका भयपूर्ण सोचाइहरु डायरीमा लेख्न भन्छिन्। अनि कुनै घटनाले निम्त्याएको हदैसम्मको बिपत्ती के थियो भनेर पनि लेख्न लगाउँछिन्। ति सबै कुराहरु लेखेपछि ति घटनाहरुपछि के के भए वा के के हुन सक्ला भनेर छलफल चलाउँछिन्। जस्तै भाषण गर्दा बोल्दाबोल्दै दिमाग ब्ल्याङ्क भयो भने के हुन सक्ला ? यस्तो विषयमा उत्तर खोजेर पहिल्यै मानिसहरुलार्इ हरेक किसिमका अनिश्चित तत्वहरुले पैदा गर्ने अवस्थाहरुको आँकलन गरी मानिसलार्इ परिस्थतीको सामना गर्न सिकाउँछिन्। सबैले सामना गरेका बिभिन्न किसिमका डरहरु र हुनसक्ने जोखिमहरु बारेमा जानकारी पाएपछि मानिसले आफ्नो संवेगहरुमाथि नियन्त्रण गर्न सिक्छ र उ जोखिम लिन सक्ने अवस्थामा पुग्छ। उनी भन्छिन- ‘प्रशिक्षणले मानिसलार्इ बिभिन्न निर्णयहरु लिँदा बिकल्पहरुका साथ उभिन सक्षम बनाउँछ।’
 
कुनै पनि जोखिम लिँदा आफूले सही छनौट गरेको र खराब अवस्थाहरुसंग पनि जुध्न सक्छु भन्ने आत्मवल हुनु जरुरी हुन्छ। तर प्रगति र अग्रगमनका लागि जोखिम बहन अत्यावश्यक हो भन्ने सोच राख्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो। बाटोमा आउने जुनसुकै जोखिम पनि बहन गर्नैपर्छ भन्ने होइन तर आफ्नो दिमागलार्इ त्यस्ता जोखिमका निमित्त तयार पार्ने र जोखिमपूर्ण समयलार्इ योजनाबद्ध ढंगले पार लगाउने भन्ने बिषयमा दिमागलार्इ प्रशिक्षित गर्नु जरुरी हुन्छ। ब्राउन यस कुरालार्इ दैनिक आत्मसाथ गर्ने बताउँछिन्।
 
‘यो मेरोलागि बिल्कुलै नयाँ जीवन हो। म कर्पोरेट कानुनविद् बनेर आरामको जीवन बिताउन सक्थे तर आफैं उद्यमी भएर मैले जोखिम  लिए र कसरी फरक तरिकाले बाँच्ने भन्ने कुरा सिकें। जीवनमा छनोटहरु महत्वपूर्ण हुनेरहेछ भन्ने बुझेँ। यसले मलार्इ जीवनकै अकल्पनीय यात्रातर्फ डोहोर्यायो’- उनी भन्छिन्।
 
ब्राउनका यसलार्इ हास्यास्पद संज्ञा दिन्छिन् किनभने उनले बढी जोखिम , कम सुरक्षा र कम सुनिश्चितता बहन गरेर पनि बढी खुशी हुन सक्षम भइन्।