योग्यता एसएलसी कमाइ मासिक १५ लाख रुपैयाँसम्म, नयाँ बीमा कम्पनी आएपछि हजारौँलाई अवसर

बिजमाण्डू
२०७४ असार ८ गते १७:४७ | Jun 22, 2017
योग्यता एसएलसी कमाइ मासिक १५ लाख रुपैयाँसम्म, नयाँ बीमा कम्पनी आएपछि हजारौँलाई अवसर
काठमाडौं । एसएलसी पास भएकालार्इ स्वरोजगार भएर कमाउने अवसर आउँदैछ। त्यो पनि पार्टटाइम गरेर महिनाकै एक लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ।तर त्यसका लागि ‘मार्केटिङ स्किल’ भने हुनुपर्छ। बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलार्इ संचालन अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

बीमा कम्पनीको व्यापारको माध्यम हुन अभिकर्ता। बीमा अभिकर्ताको तालिम लिएर बसेकालार्इ नयाँ खुल्ने कम्पनीमा कमार्इ गर्ने अवसर खुलेको छ। नेशनल लाइफ इन्स्योरेन्सका उपमहाप्रवन्धक सुरेशप्रसाद खत्री नयाँ बीमा कम्पनीले थप स्वरोजगारीको बाटो खोल्ने बताए।


 

‘नयाँ कम्पनी आउँदा बीमा अभिकर्ताका लागि अवसर खुलेको छ। यो पेशामा लागेका व्यक्तिको आम्दानीको सिमितता हुँदैन’, उनले बिजमाण्डूसँग भने- ‘अहिले राम्रो गर्नेले मासिक १५ लाख रुपैयाँसम्म कमार्इ गरिरहेका छन्।’
 
बीमा गराए बापत अभिकर्ताले कम्पनीबाट इन्सेन्टिभ र कमिसन आर्जन गर्न सक्छन्। बीमा गरेबापत सुरुमा कमिसन पाउँछन् त्यसपछि बीमकले बीमा गराएको आधारमा इन्सेन्टिभ पाउने भएकोले आम्दानी भन्न नसकिने खत्रीले बताए। बीमा अभिकर्ता अहिले भइरहेका कम्पनीमै अपुग छन्। नयाँ आउने कम्पनीले भइरहेका अभिकर्ताले तान्नेदेखि फ्रेसलार्इ तालिम दिएर अभिकर्ता बनाउनेसम्म गर्नुपर्ने अवस्था छ।
 
अभिकर्ता तयार पार्न पनि बीमा समितिले छुट्टै नियम बनाएको छ। बीमकले संचालन गर्ने बीमा अभिकर्ताको तालिम निर्देशिका २०७२ अनुसार बीमा कम्पनीलार्इ अभिकर्ता चाहिएमा कम्पनी स्वंयले अभिकर्तालार्इ तलिम दिन पाउने व्यवस्था गरेको छ। तर बीमा अभिकर्ताको तालिम संचालन गर्नुपरेमा बार्षिक तालिम कार्ययोजना संचालक समितिबाट अघिल्लो आर्थिक बर्षमा स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको छ।
 
यो आधारमा नयाँ आएका बीमा कम्पनीले यो आर्थिक बर्षमा अभिकर्ताको तालिम कार्ययोजना संचालक समितिबाट स्वीकृत गर्ने छन् र आगामी आर्थिक बर्षमा तालिम दिनसक्नेछन्।
 
निर्देशिकामा प्रत्येक तालिम कक्षामा एक पटकमा ५० जना सम्मलार्इ तालिम दिन पाइने व्यवस्था छ। तालिम कम्पनीले दिएपनि प्रमाणपत्र भने समितिले दिन्छ। पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीका अनुसार एक कम्पनीमा तालिम लिएको अभिकर्ताले अर्को कम्पनीमा अभिकर्ताको काम गर्न पार्इँदैन। समितिबाट तालिम लिएका अभिकर्ताले भने जुनसुकै कम्पनीको अभिकर्ताको काम गर्न पाउँछन्।


 

१० वटा नयाँ कम्पनी आउँदा बीमा अभिकर्तालार्इ सजिलो नहुने उनले बताए। ‘पुराना स्थापित कम्पनीको भन्दा नयाँ आउने कम्पनीको बोनश रेट कम हुने भएकोले बिमीतलार्इ मनाउन गाह्रो हुन्छ’, तिवारीले भने। बीमा समितिले बर्षमा ५ पटक ५० जनाको दरले अभिकर्ताको तालिम दिने गरेको समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए।‘हामीले सबै बीमा कम्पनीलार्इ पुग्ने अभिकर्ता दिन सक्दैनौ। हामीले निर्देशिका नै बनाएर बीमा कम्पनीलार्इनै अभिकर्ताको तालिम दिन पाउने व्यवस्था गरेका छौं, उनले भने, नयाँ आउने कम्पनीले पनि अभिकर्ताको तालिमको लागि अनुमति मागेमा दिनेछौं।‘
 
अभिकर्तामा हुनु पर्ने गुण
अभिकर्ताका लागि न्युनतम शैक्षिक योग्यता एसएलसी पासलाई तोकिएको छ। तर, उनीहरु बीमा गराउन उत्प्रेरणा दिने आर्थिक सल्लाहकार भएको हुँदा विशेष खुबी चाहिने नेपाल लाइफ इन्स्योरेन्सका सिइओ विवेक झा बताउँछन्। विश्वमानै राम्रा भनिएका देशका जीवन बीमा कम्पनीले कम्तीमा ७० प्रतिशत जीवन बीमा अभिकर्तामार्फत हुने गरेको उनले बताए।