समस्याग्रस्त नेशनल हाइड्रोको साधारणसभा ३१ साउनमा, पुससम्मकै घाटा ४० करोड बढी

बिजमाण्डू
२०७४ असार ९ गते १०:४० | Jun 23, 2017
काठमाडौं । बिवादित तथा समस्याग्रस्त नेशनल हार्इड्रोपावर कम्पनीले साउन ३१ गते २० औँ साधारण डाकेको छ। सधारणसभाको विशेष प्रस्तावमा अन्य उपयुक्त हाइड्रो पावर कम्पनीसँग मर्ज गर्ने वा अन्य कम्पनीलाई एक्वीजिसनमा लिने बारे आवश्यक निर्णय गर्न सञ्चालक समितिलार्इ अख्तियारी दिने रहेको छ। 
 
एक अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको अझै पनि १९ करोड ७५ लाख रुपैयाँ ऋण रहेको छ। साथै आर्थिक बर्ष २०७३/७४ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनी ४० करोड ९० लाख रुपैयाँ घाटामा रहेको छ।
 
कम्पनीको मुख्य प्रवर्द्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्ने भनिएको ४.५ मेगावाट क्षमताको तल्लो इद्रावती जलबिद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अख्तियार दुरुपयोग अनुन्धान आयोगको आदेश अनुसार २०७१ पुष ३० को उर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले खारेज भएको थियो। 
 
उक्त आयोजनाको सुरुङ खन्नेकाम आधा बढि सकिएको हुँदा फेरि आफैंले लाइसेन्स लिने र बनाउने कम्पनीको योजना छ। त्यही कारण मर्जर प्रस्ताव साधारणसभामा लगिएको हो।*

Tata
GBIME
Nepal Life

*सच्याइएको।