धितोपत्र बोर्डको नि:शुल्क हटलाइन जसमा आएको उजुरीले ठूला अनियमितताको पर्दाफास गर्यो

बिजमाण्डू
२०७४ असार ९ गते १३:२० | Jun 23, 2017
धितोपत्र बोर्डको नि:शुल्क हटलाइन जसमा आएको उजुरीले ठूला अनियमितताको पर्दाफास गर्यो
काठमाडौँ।नेपाल धितोपत्र बोर्डको हटलाइनमा शेयर बजारमा हुने ठूला अनियमितताको उजुरी आउन थालेको छ।

Tata
GBIME
Nepal Life

हटलाइनमा आउने सूचनाका आधारमा बोर्डले कारवाही समेत अघि बढाएको छ।प्रज्ञान सेक्युरिटीजको विराटनगर शाखाबाट चुहिएको सूचना र एभरेष्ट इन्स्योरेन्सको ६ सय प्रतिशत हकप्रद र २० प्रतिशत बोनसको उजुरी त्यही हटलाइनमार्फत आएको हो।बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले नि:शुल्क हटलाइनले शेयर बजारमा हुने ठूला अनियमितता रोक्न सहयोग पुगेको बताए।
 

‘प्रज्ञान सेक्युरिटीजले सिभिल बैंकको हकप्रदको सूचना र एभरेष्ट बैंकको हकप्रद र बोनशको सूचना हटलाइनमार्फत आएको हो’घिमिरेले बिजमाण्डूसँग भने,हामीले सुरु गरेको हटलाइन कतिको प्रभावकारी छ भन्ने यसैले देखाउँछ।‘ बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले  अनुसन्धान अवधिका लागि प्रज्ञानलार्इ कारोबार गर्न रोक लगाएको थियो भने एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ।
 
बोर्डले कानुन महाशाखा अन्तर्गत रहेको उजुरी तथा तहकिकात उपशाखाले मौखिक र निवेदनमार्फत उजुरी लिने व्यवस्था गरिएको छ।उनका अनुसार अहिले दैनिक ८ देखि १० वटा उजुरी टेलिफोनमार्फत आउने गरेको छ।कार्यालय समय विहान १० बजेदेखि पाँचबजेसम्म हटलाइनमा उजुरी दिन सकिन्छ।लगानीकर्ताले बोर्डले संचालनमा ल्याएको नि:शुल्क टोल फ्री नम्बर १६६० -०१-४४४३३ मा आफ्ना उजुरी वा गुनासो राख्नसक्नेछन्।बोर्डका अनुसार हटलाइनमा विभिन्न उजुरी र गुनासो आउने गरेको छ।

घिमिरेले पछिल्लो समयमा हकप्रद शेयर आवेदन गर्दा साधारण शेयर भरेको तर प्रमाणपत्र संस्थापक आएको उजुरी धेरै आएको बताए।उनका अनुसार फर्दर पब्लिक अफरिङ(एफपिओ) आवेदनमा दिएको भुक्तानीका लागि चेक नआएको,हितग्राही खातामा शेयर नआएको, बोलकबोलमा आबेदन दिँदा योग्यता नपुगेको भन्दै शेयर नदिएको, शेयर बिक्री गरेको तर  समयमा भुक्तानी नपाएको गुनासो धेरै आएका छन्।बोर्डले उजुरी गर्नेको नाम गोप्य राख्छ।यो वाहेक हकप्रद घोषणा गरेर नदिएको, शेयर आवेदनका लागि फारम नपाइएको,  शेयर लिलामीमा धाँधली भएकोदेखि ब्रोकर कार्यालयमा पत्रिका पढ्न नपाएकोसम्म गुनासो आउने गरेको छ।