नेपाल एसबिआर्इ, हाम्रो बिकास बैंक र गोरखा फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, कामनाको खुल्ला

बिजमाण्डू
२०७४ असार ११ गते १०:४४ | Jun 25, 2017
काठमाण्डौं । नेपाल एसाबिआर्इ बैंकले जारी गरेको ४० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता शेयर जेठ ७ गतेदेखि बिक्री खुल्ला गरको थियो। 
 
बैंकका शेयरधनीले आज बैंकिङ् समय भित्र आवेदन दिइसक्नु पर्ने निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। बैंकको शेयर बैशाख १५ गतेसम्म कायम भएका शेयर धनीले खरिद गर्न पाउनेछन्।  एसबिआई बैंकका सबै शाखा एवं नेपाल एसबिआर्इ मर्चेन्ट हात्तिसार र एनएमबी क्यापिटल नागपोखरीबाट शेयर भर्न पाइने छ।
 
हाम्रो बिकास बैंकले जारी गरेको २०० प्रतिशत हकप्रद शेयर भर्ने पनि आज अन्तिम दिन रहेको निष्काशन तथा बिक्री प्रवन्धनक एनआइबिएल क्यापिटलले जनाएको छ। बैंकले १०० रुपैयाँ अंकित दरको ३० लाख ५८ हजार ३३८ कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। बैंशाख ११ गतेसम्म कायम भएका शेयरधनीले आजको बैंकिङ् समय आवेदन दिन सक्ने जनाइएको छ।
 
हकप्रद शेयरमा हाम्रो बिकास बैंकका सबै शाखा, एनआबिएल क्यापिटल लाजिम्पाट र नेपाल इन्भष्टमेन्ट बैंकका विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने छ। 
 
यस्तै गोरखा फाइनान्सले निष्काशन गरेको ५० प्रतिशत हकप्रद भर्ने पनि आज अन्तिम दिन रहेको छ। फाइनान्सले बैशाख १ गतेसम्म कायम शेयरधनीका २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो। 
 
निष्काशन तथा बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटल लाजिम्पाट, गोरखा फाइनान्सका सबै शाखा एवं नेपाल इन्भेष्टमेन्ट बैंकका वीरगञ्ज, विराटनगर, पोखरा चिप्लेढुङ्गा, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने जनाइएको छ।
 
कामना बिकाश बैंकले भने आइतबारबाट ३० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको छ निष्काशन तथा बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटलका अनुसार बैंकको हकप्रदमा साउन १५ गते भित्र आवेदन दिइ सक्नु पर्नेछ।
 
बैंकले प्रतिशेयर १०० रुपैयाँका दरले २४ लाख १३ हजार १३७ कित्ता शेयरको निष्कासन गर्न लागेको हो। गत मंसिर १० गतेसम्म कायम शेयरधनीहरुले बैंकको हकप्रद खरिद गर्न पाउने छन्। 
 
निष्काशित शेयरमा एनआर्इबिएल क्यापिटल लाजिम्पाट, कामना विकास बैंकको केन्द्रिय कार्यालय पोखरा तथा सम्पुर्ण शाखाहरु एवं नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, वुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिने पाइने छ।
 

Tata
GBIME
Nepal Life