बैंकहरु निक्षेपको तनावमै रहेको बेला सरकारले निकाल्यो ७ अर्बको ऋणपत्र, कति पर्ला आवेदन?

बिजमाण्डू
२०७४ असार ११ गते १०:५८ | Jun 25, 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको पाँच बर्षे विकास ऋणपत्र २०७९ "ग" को बोलकबोल बिक्री खुल्ला गरेको छ। निक्षेप तान्न बैंकहरुबीच ब्याजदर बृद्धिको होड चलिरहँदा राष्ट्र बैंकले असार १३ गते दिउँसो ३ बजे बोलकबोलद्वारा ऋणपत्र बेच्न लागको हो। 
 
ऋणपत्रको बोलकबोलमा "क" "ख" र "ग" वर्गका बैंक तथा बित्तिय संस्था, गैर बैंक तथा बित्तिय संस्था, बीमा कम्पनी तथा आम नेपाली नागरीकहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ। 
 
बजारमा ब्याज बढाउने होड चलि रहेको बेला राष्ट्र बैंकले भने कम ब्याजदर माग गर्नेलाई ऋणपत्र बिक्री गर्नेछ। 
 
ऋणपत्र खरिद गर्न चाहनेले असार १३ गते अपरान्ह ३ बजे भित्र बैंकको वेब साइट मार्फत अनलाइन बोलकबोल गर्न सक्ने जनाइएको छ। ऋणपत्रको अवधि पाँच बर्षको रहनेछ र बीचमा धितो राखेर कर्जा पनि लिन सकिन्छ।
 

Tata
GBIME
Nepal Life