बोनस सेयर र एफपिओबाट शिखर इन्स्योरेन्सले पूँजी एक अर्ब पुर्याउने, १९ करोड पूँजी पुग्न बाँकी

बिजमाण्डू
२०७४ असार ११ गते १४:५४ | Jun 25, 2017
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो पूँजी वृद्धि योजना बीमा समितिलाई जानाकरी गराएको छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई  आर्थिक वर्ष २०७५ मसान्तसम्म एक अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको थियो। 
 
समितिको निर्देशन बमोजिम कम्पनीले बोनस सेयर र एफपिओबाट आफ्नो पूँजी पुर्याउने योजना बुझाएको छ। कम्पनीले दोस्रो त्रैमाशसम्म आफ्नो चुक्ता पूँजी ८१ करोड ७६ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ। हाल कम्पनीले २६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  
 

Tata
GBIME
Nepal Life