टेस्लाले ल्यायो नेपालमै पहिलो पटक भिटामिन सी फिल्टर भएको एयरकण्डिसन

बिजमाण्डू
२०७४ असार ११ गते १६:३८ | Jun 25, 2017
टेस्लाले ल्यायो नेपालमै पहिलो पटक भिटामिन सी फिल्टर भएको एयरकण्डिसन


चितवन। भूलक्ष्मी ग्रुपले पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसन बिक्री सुरु भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका प्रवन्ध निर्देशक किरण आचार्यले विश्वस्तरमै राम्रो बजार लिएको एसीको बिक्री सुरु गरेको बताए। टेस्ला ब्राण्डका एयरकण्डिसन ४५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका रहेका छन् । जापनिज कम्प्रेसर भएको टेस्ला एयरकण्डिसनर टिकाउँ र भरपर्दो रहेको कम्पनीको दाबी छ।
 

टेस्लाको आधिकारिक डिलरहरु चितवनसँगै काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, कावासोती, वीरगन्जलगायतका स्थानहरुमा रहेका छन् । यो एयरकण्डिसनले कम विद्युत खपत गर्ने  कम्पनीले दाबी गरेको छ।कम्पनीले एयरकण्डिसनमा दुई वर्षसम्मको वारेन्टी दिएको छ।भिटामिन सी फिल्टर भएको एसीले विशेषगरि बच्चाहरुका लागि सुहाउँदो वातावरण बनाईदिन्छ। भिटामिन सी फिल्टर भएको एसीले शरीरको छालालाई राम्रो गर्छ ।