अब लगानीकर्ताले बढिमा दुई वटा मात्र डिम्याट खाता राख्न पाउने, सेयर सार्दा शुल्क नलाग्ने

बिजमाण्डू
२०७४ असार १२ गते ०९:४८ | Jun 26, 2017
काठमाडौं। सेयर लगानी ब्यवस्थापनमा सहभागी लगानीकर्ताले पनि डिम्याट खाता सञ्चालन गर्न पाउने भएका छन्। बाँकीले भने अब बढिमा दुई वटा मात्र डिम्याट खाता राख्न पाउने भएका छन्। 
 
दुईभन्दा वढि खाता हुनेहरुले बाँकी खाता बन्द गरेर भदौ मसान्तसम्म दुई वटामा झारिसक्नु पर्छ।
 
नेपाल धितोपत्र वोर्डले निर्देशन जारी गर्दै दुई खातामा सेयर सार्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ। लगानी ब्यवस्थापनका लगि खोलिएको डिम्याट खाता बन्द गरेमा त्यो बन्द गर्ने जिम्मेवारी सम्बन्धित लगानी ब्यवस्थामककै हातमा छाडिएको छ। 
 
डिम्याट खाता सञ्चालन कार्य थप ब्यवस्थित तथा पारदर्शी गराउँदै लगानीकर्ताको बास्तविक संख्या यकिन गर्न निर्देशन जारी गरिएको वोर्डले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life