किन बढेन दोस्रो बजारमा सेयर कारोबार? १०० सेयर आउँदा ८.२९ प्रतिशत मात्र किनबेच

बिजमाण्डू
२०७४ असार १२ गते ११:२९ | Jun 26, 2017
किन बढेन दोस्रो बजारमा सेयर कारोबार? १०० सेयर आउँदा ८.२९ प्रतिशत मात्र किनबेच
काठमाडौँ। प्राथमिक शेयरमा सर्बसाधारणको उत्साह देखिएपनि दोस्रो बजारमा सहभागिता अनुपातमा न्यून देखिएको छ। बजारमा भएका एक सय सेयरमा करिब नौ वटा शेयर मात्र दोस्रो बजारमा कारोबार हुने गरेको छ। 
 
पछिल्ला पाँच बर्षको तथ्यांक अनुसार दोस्रो बजारमा कारोबार हुने सेयरको अनुपात निक्कै कम छ। 
 
आर्थिक वर्ष २०६९/७० मा एक अर्ब ३० करोड २० लाख ९० हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत थिए सुचिकृत भएकामध्ये आठ करोड १५ लाख ७१ हजार कित्ता शेयर मात्र दोस्रो बजारमा कारोबार भयो। यो भनेको सुचिकृत शेयरको ६.२ प्रतिशत मात्र हो। २०६९/७० मा एक सय शेयरमध्ये करिब सात कित्ता शेयर मात्र दोस्रो बजारमा कारोबार भएका छन्।
 
आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब ८५ करोड ३४ लाख ७१ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भए, जसमा २१ करोड ४१ लाख ४४ हाजार कित्ता शेयर नेप्सेको दोस्रो बजारमा कारोबार भएको छ। त्यो वर्ष एक सय शेयरमा १२ वटा शेयर दोस्रो बजारमा कारोबार भएको देखिन्छ। नेप्सेको कारोबार इतिहासमै पहिलो पल्ट कारोबार अनुपात दोहोरो अंकमा उक्लिएको थियो।   
 
२०७०/७१  मा दोहोरो अंकको अनुपातमा बढेको कारोबारले आफ्नो वृद्धि कायम राख्न सकेन। २०७१/७२ मा कारोबार अनुपात खुम्चिएर ६.२५ मा झर्यो। २०७२/७३ मा अनुपात ८.२९ प्रतिशतमा पुग्यो। 
 
दोस्रो बजारमा कारोबार अनुपात नबढ्नुको प्रमुख कारण साधारण शेयर लगानीकर्तासँग कम हुनु र पाएको शेयरमध्ये अधिकांस होल्ड हुन रहेको इन्भेस्टर फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेले बताए। 
 
नेप्सेमा सुचिकृत धेरैजसो बैंक वित्तीय सस्थाले ३० प्रशितत शेयर मात्र सर्बसाधारणमा जारी गरेको छ। यसमा पनि देशै भरि छरिएको शेयर बेच्न राजधानी आउनुपर्ने बाध्यता र त्यसमा पनि ब्रोकर आफिस पुग्नु पर्ने अबस्थाले कारोबार अनुपात बढ्न नसकेको देखिएको घिमिरेको तर्क छ। 
 
नेपाल धितोपत्र बोर्ड र नेप्सेको आम्दामी वृद्धि गर्न पनि यो अनुपात बढ्नु पर्ने घिमिरेको भनाई  छ। 
 
दोस्रो बजारमा कारोबार अनुपात वृद्धिका लागि सहज कारोबार आबश्यक देखिन्छ। जसका लागि अनलाइन ट्रेडिङ, बैंकलाई ब्रोकरको लाइसेन्स र शेयर बजारको चेतना अभिवृद्धि गर्नु पर्ने घिमिरे बताउँछन्। 

Tata
GBIME
Nepal Life